default_image

8 years ago

September 8, 2016

दुई दशकपछि हक्की संघको निर्वाचन, अध्यक्षमा श्रेष्ठकै निरन्तरता

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई दशक भन्दा लामो समयपछि नेपाल हक्की संघमा पहिलो पटक निर्वाचन हुँदा अध्यक्षमा उमेशलाल श्रेष्ठले नै निरन्तरता पाएका छन्।

received_10155190753028032

राजधानीमा बिहीबार भएको साधारण सभाले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । २०६७ मा पोखरामा साधारण सभामार्फत निर्वाचन गर्ने संघको प्रयास असफल भएयता पहिलो पटक साधारण सभा बसेकेको हो । 

साधारण सभाले पूर्व महासचिव अनिल शर्मा र मनीष झा उपाध्यक्षमा चयन गरेको छ । त्यस्तै सुनिल प्रधान महासचिव, रञ्जन तथाप सचिव र कोषाध्यक्ष अमरेश प्रधान चुनिए ।
११ सदस्यमा भगवती खड्का, विजयन्त शर्मा, मनोज शर्मा, बाबुराम साहु, रामेश्वर घिमिरे, पदम चन्द, सञ्जय मण्डल, विजय स्वार, दीपक प्रधान, नवीन रिजाल र शम्भसप्रसाद रिजाल निर्वाचित भए । साधारण सभामा १९ मध्ये १७ जिल्लाका २÷२ का तथा केन्द्रिय समितका २२ गरित ५६ जनाको सहभागिता रहेको थियो । यसअघि हक्कीको निर्वाचन भएको कुनै अभिलेख नभएको अध्यक्ष श्रेष्ठले बताए ।
बिहीबार बसेको निर्वाचित सममितिको पहिलो बैठकले प्रकाश शिवाकोटी, राजेन्द्र श्रेष्ठ र हिमाल खड्कालाई उपाध्यक्ष मनोनित गरेको छ । त्यस्तै असिम शर्मा र राजेन्द्र पाठकलाई पनि बैठकले सदस्यमा मनोति ग¥यो ।
श्रेष्ठ २०५२ सालमा पहिलो पटक हक्कीको अध्यक्ष बनेका थिए । त्यसयता केही समयबाहेक लगातार उनले नै नेतृत्व गर्दै आएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव युवराज लामाले हक्की संघ विघठन गर्दै अशोर पाण्डेको नेतृत्वमा ९ सदस्यीय समिति बनाएका थिए ।
गत बर्ष केशवकुमार विष्ट राखेप सदस्य सचिव बनेर आएपछि पुन श्रेष्ठकै अध्यक्षतामा संघ पूर्नगठन भएको थियो ।
श्रेष्ठले विद्यालय हक्की र इन्डोर हक्कीमा केन्द्रित भएर अघि बढ्ने योजना सुनाए । उनले भने, ‘ मेरो आमाको नाममा एउटा महिला राष्ट्रिय प्रतियोगिता गराउनु छु ।’ नेकपा एमालेकी नेतृ स्वर्गिय सहाना प्रधान उनकी आमा हुन् ।
साधारण सभामा कैलाली, कञ्चनपुर, डडेलधुरा, बाँके, बर्दिया,हुम्ला,कास्की, तनहु,धनुषा,महोत्तरी, पर्सा, मकवानपुर, काठमाडौं, ललितपुर, झापा, मोरङ र सुनसनरीका प्रतिनिधिको सहभागिता थियो । दाङ र रुपन्देहीका प्रतिनिधि भने सहभागी थिएनन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.