4 years ago
October 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्र जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीले पुनः प्रशिक्षण सुरु गरेको छ ।
करातेका प्रशिक्षक दीपक श्रेष्ठले टोलीले सुरक्षित विधि अपनाएर असोज ६ गते बाट प्रशिक्षण सुरु गरेको जानकारी दिएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पत्र काटेरै खेलकुद गतिविधि केही नगर्न निर्देशन दिएपनि सुरक्षित विधि अपनाएर प्रशिक्षण गरिरहेको श्रेष्ठले बताए । यद्दपी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को अनुमतिमा कराते खेलाडीको प्रशिक्षण सुरु गरेको बताइएको छ ।
कोरोनाका कारण नेपालमा लकडाउन खुकुलो पारिएपनि सरकारले भिडभाड हुने क्षेत्रसँगै खेलकुद र मनोरन्जनको क्षेत्रलाई अझै सुचारु गर्न अनुमति दिएको छैन । तर, सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक रुपमा प्रशिक्षण सुरु गरिएको श्रेष्ठले थपे ।
प्रशिक्षणमा गत वर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता अनु अधिकारी र नवीन रसाइली छन् । उनीहरुलाई पार्टनरको रुपमा आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता विपिन सिंह र प्रदेश स्तरीय खेलाडी स्वीकार राईलाई राखिएको प्रशिक्षक श्रेष्ठले बताए ।
टोलीले सातदोबाटोस्थित कराते हलमा दैनिक दुई घन्टा प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक श्रेष्ठले तत्कालका लागि खेलाडीलाई फिटमा राख्नको लागि टेक्निकल फिटनेसको स्तर बढाउनमा केन्द्रित रहेको बताएका छन् ।
‘एक अर्कामा टच नहुने गरी प्रशिक्षण गराईरहेका छौं । म्याटमा स्यानिटाइजर, भाइजर र फेस शिल्ड प्रयोग गरेका छौं ’ प्रशिक्षक श्रेष्ठले भने, ‘ राखेप सदस्यसचिव रमेश कुमार सिलवालले ओलम्पिक खेल्ने लगायतको खेललाई प्रशिक्षणको लागि स्वीकृति दिएको र खेलाडीको फिटनेसको लागि भएपनि प्रशिक्षण सुरु गर्न अनुमति दिएपछि हामीले प्रशिक्षण सुरु गरेका हौं ।’
काठमाडौं उपत्यकामै कोरोना संक्रमणको दर बढेसँगै कराते टोलीको प्रशिक्षण गत साउन २७ गते स्थगित गरिएको थियो । तर, त्यसयता पनि उपत्यकामा कोरोना संक्रमण दर घटेको छैन । खेलाडीहरु नेपाल सरकारले घोषणा गरेको चैत्र ११ गते को लकडाउन भन्दा अघिदेखि प्रशिक्षणमा थिए ।
त्यसपछि असार ७ गते बाट सम्बन्धित सबैलाई जानकारी र मौखिक स्वीकृति लिई प्रशिक्षण सुरु भएको थियो । टोकियो ओलम्पिक अर्को वर्ष २३ जुलाईदेखि ८ अगस्टसम्म हुने तालिका छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]