5 years ago
September 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् ।
कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले कार्कीलाई बधाइ दिदै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।
राखेपको गत भदौ ३१ गतेको निर्णयानुसार कार्कीले प्रमुखको जिम्मेवारी पाएका थिए । कार्की यसअघि १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए ।
कार्कीसंग बझाङ, सिन्धुपाल्चोक र काठमाडौं जिल्ला खेलकुद विकास समिति, कर्मचारी प्रशासन शाखा तथा आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयमा प्रमुख भइ काम गरेको अनुभव छ । २०५३ साल असोज ४ गते कार्की राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]