4 years ago
September 13, 2020
एजेन्सी – जापनिज नाओमी ओसाका यसवर्षको युएस ओपन टोनिसको महिला एकलतर्फको च्याम्पियन बनेकी छिन् ।
अमेरिकाको न्युयोर्कमा आइतबार बिहान भएको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कामाथि ३–१ को जित निकाल्दै ओसाका दोस्रोपटक युएस ओपन च्याम्पियन बन्न सफल भएकी हुन् । ओसाकाले २०१८ मा अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् ।
चौथो वरीयताकी ओसाकाले पहिलो सेट १–६ ले सहजै अजरेन्कालाई सुम्पिएपनि त्यसपछिको दुवै सेट सहजै आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । दोस्रो सेटमा ६–३ को सहज जित निकालेकी ओसाकाले तेस्रो सेट पनि ६–३ ले नै आफ्नो पक्षमा पार्दै तेस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भइन् ।
२२ वर्षीय ओसाकाले यसअघि २०१९ मा अष्ट्रेलियन ओपनको पनि उपाधि जितेकी थिइन् । उनी फाइनल पुगेको खेलमा पराजित हुन परेको छैन । २०१३ पछि पहिलोपटक ठुलो प्रतियोगिताको फाइनल खेलेकी ३१ वर्षीय अजरेन्काले राम्रो शुरुवात गरेर पनि सोही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा उपाधिबाट चुकिन् ।
दुई पटकको अष्ट्रेलियन ओपन अजोरेन्काले अमेरिकी सेरेना विलियम्सलाई २–१ को सेटमा तथा ओसाकाले अमेरिकी जेनिफर ब्राडीलाई २–१ को सेटमा पराजित फाइनलमा स्थन बनाएका थिए ।
पुरुषतर्फ डोमिनिक थिएम र एलेक्जेन्डर जेभेरेभबीच प्रतिस्पर्धा हुदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।