4 years ago
September 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएईं) को दुवईमा भएको दुवई इन्टर कम्युनिटी (समुदाय) क्लब ब्याडमिन्टन प्रतियोगितामा नेपालले दुई रजतपदक हात पारेको छ ।
दुवई स्पोर्ट्स काउन्सिल र सटल टाइम दुवईको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालले महिला डबल्स र मिक्स डबल्समा रजतपदक जित्दै प्रतियागितामा दोस्रो स्थान समेत हात पार्न सफल भएको हो ।
नेपालले महिला डबल्स र मिक्स डबल्समा रजतपदक जित्न सफल भएको हो । महिला डबल्समा ज्ञानुमाया बराल र सानिया चन्दको जोडीले तथा मिक्स डबल्समा बिक्की बुढामगर र ज्ञानुमाया बरालको जोडीले रजतपदक हात पारेको हो ।
नेपालले प्रतियोगितामा राखिएको सबै ५ इभेन्ट (पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स) मा सहभागिता जनाएपनि दुई विधामा मात्रै पदक जित्न सफल भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले जानकारी गराए ।
पुरुष एकलमा साहिल चन्द, महिला एकलमा सानिया चन्द, पुरुष डबल्समा बिक्की बुढामगर र शंकर भुसालले प्रतिस्पर्धा गरेको थियो । नेपाली टोलीलाई पुर्व नेपाल जुनियर च्याम्पियन सुमन उदयले प्रशिक्षण प्रदान गरेका थिए ।
४ सेप्टेम्वरदेखि शुरु भएको प्रतियोगितामा ८ देशका कम्युनिटीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालसहित सिरिया, युएई, भारत, चाइना, फिलिपिन्स, पाकिस्तान र श्रीलंकाका कम्युनिटीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारत पहिलो, नेपाल दोस्रो, फिलिपिन्स तेस्रो, चीन चौथो, सिरिया पाँचौं, पाकिस्तान छैटौं, श्रीलंका सातौ र युएईं आठौं स्थानमा रह्यो ।
गैर–आवासिय नेपाली संघ (एनआरएनए) स्पोर्ट्स एकेडेमी टास्क फोर्स केन्द्रिय सदस्य तथा नपाली समाज युएईंको खेलकुद विभाग प्रमुख हिरालाल श्रेष्ठको पहलमा दुवईमा बसोबास गर्दै आएका नेपालीहरु मिलेर केही महिनाअघि नेपाल ब्याडमिन्टन कम्युनिटी–दुवईको स्थापना गरिएको थियो । सोही कम्युनिटीमार्फत नेपाली खेलाडीले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।