5 years ago
September 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको बिमा गर्न लागिएको जानकारी गराए ।
शीर्ष १६ खेलाडीमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ, प्रदिप रोक्का, शिवसुन्दर गोथे, विलोस श्रेष्ठ, मनि कुमार लामा, कृष्ण थापामगर, सुनिल महर्जन, एलेक्स महर्जन, बिनेश खानिया, संयोग कपाली, पुरुषोत्तम बज्राचार्य, चन्दन शाही, राकेश महर्जन, रितिज जोशी, प्रतिक थापा र प्रज्वल श्रेष्ठ रहेका छन् ।
यस्तै महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, दीक्षा तामाङ, सिक्का सुवाल, स्वेच्छा नेम्वाङ, सेलिशा खड्गी, निकिता कस्ती, सोनु थापामगर, अनिता महर्जन, अमृता थापा, दीक्षा दाहाल, गीता भुजेल, अन्जु सुवाल, सुस्मिता खड्का र मारिया थापा मगर छिन् ।
यस्तै प्रथम उपाध्यक्ष बज्राचार्यले खेलाडीसँगै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्य, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायरहरुको पनि बिमा गरिदिने जानकारी गराए । सबैको जनही १ लाखका दरले बिमा गरिने छ । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा २–३ दिन भित्रै बिमा गरिने संघले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]