default_image

4 years ago

September 7, 2020

जजलाई बलले लाग्दा जोकोभिच युएस ओपनबाट बाहिरिए

148 views

0 Bookmark

एजेन्सी – उपाधि दाबेदार तथा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच ‘अयोग्य’ ठहरिँदै युएस ओपनको प्रि–क्वाटरफाइनलबाट बाहिरिएका छन् ।

२०औं वरियताका स्पेनिस खेलाडी पाब्लो कार्रेनो बुस्टासँग खेलका क्रममा पछि परेपछि निराश मुद्रामा रहेका ३३ वर्षे जोकोभिचले हानेको बल लाइन जजलाई लागेको थियो । रेफ्री र प्रतियोगिता आयोजकले त्यसपछि नियमअनुसार जोकोभिचलाई अयोग्य घोषित गरेपछि उनी बाहिरिएका हुन् ।

पहिलो सेटमा शुरुवातदेखि नै अग्रता लिइरहेका बुस्टासँग ६–५ ले पछाडि परेपछि निराश देखिएका जोकोभिचले अर्काे सेटका लागि तयारी भइरहँदा खल्तीबाट बल निकाल्दै टेनिस र्‍याकेटले गरेको बल लाइन जजलाई लाग्न पुगेको थियो ।

उक्त घट्नापछि प्रतियोगिताका अधिकारीहरुको छलफलपछि जोकोभिचलाई अयोग्य घोषित गरेका हुन् । युनाइटेड स्टेट्स टेनिस एसोसिएसनले विज्ञप्ति जारी गर्दै ग्रान्डस्लामको नियम अनुसार, उनलाई जानीजानी कसैलाई बलले हानेका कारण तथा कोर्टभित्र लापरबाहीपूर्वक खेल्नुको परिणामलाई गम्भीरतापूर्वक नलिएका कारण युएस ओपनका रेफ्रीले यस प्रतियोगिताका लागि अयोग्य घोषित गरिएको उल्लेख गरेको छ ।

आफुले हानेको बलले लागेपछि जोकोभिच प्रतियोगिताका मुख्य रेफ्रीसँगै रेफ्री सोरेन फ्रिमेललाई कस्तो छ भनेर सोध्न पुगेका थिए । प्रतियोगिताबाट बाहिरिनुअघि उनले फ्रिमेलसँग केहीबेर कुराकानी पनि गरेका थिए । घटनापछि जोकोभिचले सामाजिक सञ्जालमार्फत आफूले जानीजानी रेफ्रीलाई बलले नहानेको प्रतिक्रिया दिएका छन् ।

‘पुरै परिस्थितिका कारण म एकदमै दुःखी भएको छु । मैले लाइन जजलाई कस्तो छ भनेर सोधेँ । प्रतियोगिताका अधिकारीहरुका अनुसार उनलाई ठीकै छ । मेरो कारणले उनलाई यस्तो तनाव हुन गएकोमा म माफी माग्न चाहन्छु । यो मैले जानजान गरेको होइन ।’

कार्रेनो बुस्टाले नोभाकविरुद्ध खेल्दा मैले यस्तो घटनाको कहिल्यै अपेक्षा नगरेको र यस घटनाबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् । युएस टेनिस संघका अनुसार अब जोकोभिचको प्रतियोगिताबाट प्राप्त गरेको वरियता अंक र पुरस्कारमार्फत प्राप्त रकम पनि कटौती गरिनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.