4 years ago
September 2, 2020
एजेन्सी – बेलायती नम्वर एक एन्डी मर्रेले पूनरागमन जित निकाल्दै युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
३३ वर्षीय मर्रेले जापानी योसीहितो निसीओकासँग शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै ३–२ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका हुन् । न्युयोर्कस्थित आर्थर एसे स्टेडियममा मंगलबार राति भएको दर्शकविनै जारी रहेको खेलमा मर्रेले पहिलो र दोस्रो सेट समान ४–६ र ४–६ ले गुमाएको थियो ।
५९६ दिनपछि पहिलोपटक ग्रान्डस्लाममा प्रतिस्पर्धा गरेका मर्रेले त्यसपछि उत्कृष्ट पूनरागमन गर्दै तेस्रो सेट ७–६ ले जित्दै खेलमा फर्कने संकेत दिएका थिए । त्यसपछि चौथो सेट पनि समान ७–६ ले जित्दै सेटलाई २–२ को बराबरी गर्न सफल भएका थिए ।
निर्णायक सेट मर्रेले ६–४ ले आफ्नो पक्षमा पार्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
मर्रेले विश्व नम्वर ४८ माथि जित निकाल्न झन्डै ५ घन्टा समय खर्चिएका थिए । मर्रेले पछिल्लोपटक अगस्ट २०१९ मा विम्वल्डनमा प्रतिस्पर्धा गरेका थिए । त्यसयता उनी मैदान बाहिर रहेका थिए ।
यस्तै महिलातर्फ अमेरिकी सेरेना विलियम्सले आफ्नै देशकी क्रिस्टी एनमाथि ७–५ र ६–३ को सोझो सेटमा जित निकाल्दै अर्काे चरणमा प्रवेश गरेकी छिन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।