default_image

4 years ago

August 30, 2020

भिजन र पुर्णिमालाई स्वर्ण

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानीका भिजन तामाङ र विजेश्वरीकी पुर्णिमा बस्नेतले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा स्वर्ण जितेका छन् ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा भिजनले यु–१२ पुरुष एकलमा तथा पुर्णिमाले पनि सोही विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।
पहिलो दिन मुलापानीले २ स्वर्ण, ३ रजत र २ कांस्य पनि हात पा¥यो । विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । भिजनको उमेर समुहमा काभ्रेस्थलीका मिराज केसी दोस्रो तथा मुलपानीका रोनिश नगरकोटी र ईश्वर पराजुलीले कास्य पाए । सोही स्पर्धाको महिलामा विजेश्वरीकी पुर्णिमा बस्नेतले स्वर्ण जित्दा मुलपानीकी मेलिना राईले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा र काभ्रेस्थलीकी सुस्मिता कार्कीले कांस्य हात पारे । यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया पहिलो भए । मुलपानीका आयुश ढुंगेल दोस्रो तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ र चन्द्रसूर्यका योग्य राई तेस्रो भए । त्यसै स्पर्धाको महिलामा चितवनकी आचल बाज्पईं पहिलो, मुलपानीकी प्रगति कुइकेल दोस्रो तथा विजेश्वरीकी प्राप्ति पुन र काभ्रेस्थलीकी विनिशा खड्गीले तेस्रो स्थान हासिल गरिन् । पुरुष ३१–४० वर्ष उमेरसमूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । मैत्रीका रामचन्द्र व्यञ्जन्कार दोश्रो तथा बागलुङका नन्द विष्ट र योन्सुफका दुर्गामान तामाङ तेश्रो भए । महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन् ।
दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी गराए । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । अन्तिम दिन ५ स्वर्णको टुंगो लाग्ने छ । अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.