default_image

5 years ago

August 15, 2020

ब्याडमिन्टन प्रशिक्षक थापालाई स्वागत

162 views

0 Bookmark

महेन्द्रनगर (हाम्रो खेलकुद) – स्वयम् सेवक प्रशिक्षक रहेर दर्जन बढी राष्ट्रिय खेलाडी उत्पादन गरेका ब्याडमिन्ट प्रशिक्षक बिक्की थापालाई महेन्द्रनगरस्थित कभर्डहलमा शनिबार भव्य स्वागत गरिएको छ ।

प्रशिक्षक थापालाई नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष गोविन्द स्वाँर र ब्याडमिन्टन खेलाडीहरुले भव्य स्वागत गरेका हुन् । प्रशिक्षक थापा झन्डै चार वर्षपछि महेन्द्रनगरमा रहेको ब्याडमिन्टन कर्भहलमा फर्किदा त्यहाँ प्रशिक्षणरत खेलाडीहरुले गुरुप्रति सम्मान दर्शाएका हुन् ।

खेलाडीको न्यानो स्वागतसँगै उनले स्वयम्सेवक प्रशिक्षक भएर कहिले सम्म मेहनत गर्ने भएर नै झन्डै चार वर्ष बैंग्लोर जानुपरेको स्मरण गरे । उनले यहाँ रहँदासम्म जुनियर तथा सिनियर खेलाडीलाई प्रशिक्षण दिने र राखेपले चाहेको अवस्थामा आफु सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

ब्याडमिन्टनका राष्ट्रिय खेलाडी मोहन ऐरले गुरुको आगमनले अत्यन्त खुशी रहेको बताए । ‘गुरुले तीन महिना हामीलाई प्रशिक्षण गराउने भनेपछि खेलाडीहरुमा हर्ष थपिएको छ ।’ मोहनले भने, ‘गुरु यहाँ आउँदा कहिल्यै खाली हात आउनु भएको छैन । हामीलाई निरन्तर कर्क, ¥याकेट, टिसर्ट र खेल समग्री सहयोग गरिरहनु हुन्छ । सेल्फ प्रशिक्षणका भरमा विभिन्न प्रतियोगिताहरुमा जिल्लाको प्रतिनिधित्व गर्नुपर्ने तितो यथार्थ व्याडमिन्टन खेलाडीहरु माँझ छ ।’

उनले तिनै प्रशिक्षक कभर्डहल आउने थाहा पाएपछि अरु दिनभन्दा बढी खेलाडी आएका बताए ।
भारतको बैंग्लोरमा बैंग्लोर ब्याडमिन्टन एकेडेमीमा रहेको समेत ब्याडमिन्टन प्रशिक्षण गराउँदै आएका प्रशिक्षक बिक्कीले महेन्द्रनरगबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मका खेलाडी जन्माइसकेका छन् ।

उक्त कभर्डहलमा जुनियर तथा सिनियर खेलाडीहरु तीन बर्षभन्दा बढी समययता प्रशिक्षक बिहीन अवस्थामा आफ्नै तरिकाले खेल्ने र सिक्ने गरिरहेका छन् । प्रशिक्षक थापाले विगतमा प्रशिक्षण गराएका खेलाडीबाहेक अहिले महेन्द्रनगरमा ब्याडमिन्टन खेलमा नयाँ खेलाडी उत्पादन हुन सकेको छैन ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.