5 years ago
August 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् । सँगै खेल्ने स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि आफुले पनि शनिबार स्टार अस्पताल पुगेर परिक्षण गराएको र आज (आइतबार) स्वास्थ्य मन्त्रालयबाट कोरोना पोजेटिभ देखिएको भन्दै फोन आएको प्रशिक्षक थापाले जानकारी गराए ।
स्क्वासले केही दिनयता, आफ्ना सदस्यहरुका लागि प्रशिक्षण तथा खेल्न कोर्ट खुल्ला गरेको थियो । अहिले स्क्वास हल पुर्ण रुपमा बन्द गरिएको छ । खेल्ने क्रममा नै असहज अनुभव भएपछि संघका उपाध्यक्ष मनोज बहादुर श्रेष्ठले कोरोना परिक्षण गराउदा पोजेटिभ आएको र त्यसपछि ८–१० जनाको परिक्षण गर्दा आफ्नो मात्रै पोजेटिभ आएको प्रशिक्षक थापाले जानकारी गराए ।
प्रशिक्षक थापा सातदोबाटोस्थित स्क्वास भवनको एक फ्लोरमा क्वारेन्टिनमा बसिरहेको र कोरोना पोजिटिभ देखिएपनि थापाले आफ्नो स्वास्थ्य सामान्य रहेको र आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताएका छन् । प्रशिक्षक थापा ६० सालयता राखेप अन्तर्गत स्क्वासको प्रशिक्षक रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]