5 years ago
August 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सहकार्य तालिम नेपाल प्रालिले एक साताअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यमा नियुक्त सुभास श्रेष्ठलाई बधाई तथा सम्मान गरेका छन् ।
सहकार्य नेपालले आफ्नै कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल ब्याडमिन्टन संघका उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई बधाई तथा सम्मान गरेको हो ।
सहकार्य नेपालका अध्यक्ष कुमार प्रसाद पराजुलीले राखेप सदस्य श्रेष्ठलाई सम्मान गर्दै एक वर्षअघि मन्टेश्वरी तालिमबाट संस्थाको सुरुवात गरिएको र यसै महिनाबाट सहकार्य जब्स पनि शुरुवात गरिएको जानकारी गराए । उनले संस्थाको मुख्य उद्देश्य बेरोजगारीलाई रोजगारी दिने रहेको र एक वर्षमा ५ हजार भन्दा बढीलाई रोजगारी दिने लक्ष्य रहेको बताए ।
राखेप सदस्य श्रेष्ठले सहकार्यलाई बधाई तथा सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै आफु पनि संस्थाको परिवार जस्तै भएको बताउदै संस्थालाई आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाले गत वर्षदेखि मन्टेश्वरी, एकाउन्टिङ सफ्टवेयर, ट्याक्स एण्ड भ्याट र म्यानेजमेन्ट एण्ड क्यापसिटी बिल्डिङलगायतको तालिम दिदै आएको छ । संस्थाले यसै महिनादेखि सहकार्य जब्सको पनि शुरुवात गरेको हो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।