4 years ago
August 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन् ।
राई हाल काठमाडौं रिसर्च सेन्टरमा उपचार गराइ रहेका छन् । राईलाई क्लबका संस्थापकद्वय उमेश रोकाया र यज्ञप्रसाद देवकोटाले रकम हस्तान्तरण गरे ।
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]