5 years ago
August 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सुवास श्रेष्ठलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् ।
संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, ब्याडमिन्टन अम्पायर उदय अर्याललगायतले उनलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । संघको स्वागतपछि सदस्य श्रेष्ठले परिषद्मा पद ओगट्न र राजनीति गर्न नभई खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन् । उनकै सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले उक्त धारणा राखेका हुन् ।
श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो । साउन १५ गते खेलकुद मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको थियो । श्रेष्ठले चार वर्षे कार्यकालमा खेलकुद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताउदै नेपाल ब्याडमिन्टन संघले आफूलाई सिफारिस गरेकोमा गर्व महशुश गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने उपाध्यक्ष श्रेष्ठ राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताउदै श्रेष्ठबाट धेरै आशा गरिएको धारणा व्यक्त गरे । ब्याडमिन्टन खेलाडी श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टनमा संलग्न छन् । श्रेष्ठ ४५ वर्षमाथि उमेरसमूहको डबल्स च्याम्पियन हुन् । उनले पार्टनर भूमिबहादुर गुरुङसँग मिलेर करिब २४ डबल्स उपाधि जितेका छन् । उनले स्विडेन र भारतमा भएको मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिप पनि खेलेका छन् । श्रेष्ठ र भूमिको जोडी ४५ वर्षमाथि उमेर समूहमा वर्तमान नम्बर वान हुन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।