default_image

5 years ago

August 1, 2020

स्विमिङ लेभल वान कोर्स सुरु

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि सुरु भएको छ ।

प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण विधधिर पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले कोर्स सञ्चालन गरिएको नेपाल ट्राइयाथलन संघले जनाएको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्नेछ ।

प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर वृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको विश्वास लिएको छ ।  दुई दिनसम्म सञ्चानल हुने कोर्समा ट्राइयाथलन र पौडीसँग सम्वन्धित २५ प्रशिक्षकहरुले अनलाइन कोर्समा सहभागिता जनाइरहेका छन् ।

नेपालमा पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्न अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलोपटक हो । प्रशिक्षार्थीहरुलाई वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् । वल्र्ड कोचेज एकेडेमीले चीन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।

नेपाल ट्राइयथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले छोटो समयमा नै विभिन्न अन्तर्राष्ट्रिय स्तरका खेलमा लगातार पदक हात पारिरहेका कारण नेपाल सुहाँउदो यस खेललाई नेपालमा आकर्षित गर्दै खेलकुद पर्यटनको रुपमा विकास गर्ने र नेपालमा नै दक्षिण एशियाको ट्राइयाथलन एकेडेमी निर्माण गर्ने उद्धेश्य रहेको बताए । गतवर्ष नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ट्राइयथलनबाट दुई स्वर्ण, तीन रजत र एक कास्य जित्न सफल भएको थियो ।

ट्राइयाथलनका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव युवराज सुनुवारले यस खेललाई अझ मजुवत बनाउँदै कोरोनाका कारण खेल गतिविधिबाट टाढा रहेको प्रशिक्षकहरुको स्तरवृद्धि गर्न यस कोर्सले निकै ठुलो मद्धत पुग्ने बताए ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.