default_image

5 years ago

July 31, 2020

चेस ओलम्पियाडमा नेपालको राम्रो शुरुआत

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबादेखि शुरु भएको अनलाइन चेस ओलम्पियाडमा नेपालले राम्रो सुरुवात गरेका छन् । नेपालले पहिलो दिन पहिलो चरणमा तान्जिनिया र दोस्रो चरणमा बहराइनमाथि समान ४–० को जित निकाल्दै राम्रो शुरुआत गरेका हुन् ।

पहिलो खेलमा नेपालका फिडे मास्टर मनिष हमाल, सुजना लोहनी, निकेश कुस्था र अनिषा न्यौपानेले सफलता हात पारि नेपाललाई महत्वपूर्ण ४ अंक दिलाउदा विवेक लामा र सीन्दिरा जोशी भने पराजित भए । दोस्रो चरणको खेलमा मनिषको ठाउँमा खेलेका रुपेश जैसवालले बहराइनी खेलाडी अल घस्रा, सुजनाले जेनब अल्फु, निकेनले मोसा हमद, अनिषाले हलेमा हम्दीलाई पराजित गरे ।

डिभिजन– ४ को ‘ए’ समुहमा रहेको नेपाल तेस्रो चरणको खेलमा माल्दिप्ससँग ३–३ को बराबरी खेले । सो खेलमा रुपेश जैसवाल, सुजना लोहनी र युवराज पौडेलले जीत हात पारे भने मनिष हमाल, शान्ति धिमाल र अनिषा न्यौपाने पराजित भए । नेपालले शनिबार केन्या, चाइनिज ताईपेइ र थाईलाण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.