default_image

4 years ago

July 26, 2020

अनलाइन करातेमा एभरेस्ट मार्सल आर्टसलाई ९ पदक

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्समा भएको अनलाइन कुमुते कराते कम्पिटिसनमा एभरेस्ट मार्सल आर्टस कराते टोलीले विभिन्न ९ पदक जित्न सफल भएको छ ।

एभरेस्ट मार्सल आर्टस कराते टोलीले १ स्वर्ण र समान ४–४ रजतपदक र कास्यपदक जित्न सफल भएको हो । गल्र्स ८ वर्षमुनिको कुमुतेमा सुविता गौतमले स्वर्णपदक जित्न सफल भइन् । उनले मकाउकी केइ टम हेइ टोङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

ब्वाइज कुमुते १० वर्षमुनि दिप्सन सापकोटा, १३ वर्षमुनि बुद्ध छिरिङ र २१ वर्षमुनि अनुराग पाण्डेले रजतपदक जित्न सफल भए । गल्र्स १३ वर्षमुनि दिपिका सापकोटाले रजत जितिन् ।

यस्तै पुरुष १३ वर्षमुनि अनमोल मगर र सम्पुर्ण मगरले तथा २१ वर्षमुनि सरोज रिसालले कास्य जित्न सफल भए । गल्र्स १० वर्षमुनि जुलिएना मोक्तानले कास्य पाइन् । गोजुरियु नेपालका सुनिल नकर्मीले ४५ वर्षमुनि कास्य हात पारे ।

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

Success

Thank you for your time.