default_image

5 years ago

July 21, 2020

गणेशमान सिंह स्मृति बक्सिङ नहुने

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत चैतलाई तय भएको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नहुने पक्का भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण प्रतियोगिता रद्ध गरिनु परेको जानकारी गराएको छ ।

प्रतियोगिताबारे जानकारी गराउदै आयोजक । फाइल तस्वीर

‘कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै विभिन्न प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषदले पनि आर्थिक वर्ष समाप्त भएकोले प्रतियोगिताका लागि निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकोले प्रतियोगिता रद्ध गरिएको जानकारी गराउदछौं ।’ प्रतियोगिता संयोजक सन्जिब तुलाधर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा आयोजनामा हुने प्रतियोगिता यसअघि १८ देखि २२ चैतसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने तय भएको थियो । प्रदेश–१, प्रदेश–२ र बाग्मती प्रदेशको छनोट भइसकेको र अन्य प्रदेशमा पनि छनोट हुने तरखरमा रहँदा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आयोजकले फागुनमा तत्कालको लागि प्रतियोगिता स्थगित गरेको थियो ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताईएको थियो । यस्तै प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने जनाएको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.