default_image

5 years ago

July 18, 2020

प्रिन्स एसियाकै उत्कृष्ट युवा ब्याडमिन्टन खेलाडी

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल ब्याडमिन्टन एसियाकै बेस्ट जुनियर खेलाडी बनेका छन् । ब्याडमिन्टन एसियाले प्रिन्सलाई पछिल्ला खेलहरुको प्रदर्शनको आधारमा बेस्ट जुनियर खेलाडी घोषणा गरेको हो ।

प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो । फागुन अन्तिममा सार्वजनिक भएको वरियतामा १६ वर्षीय प्रिन्सले तीन स्थान सुधार गर्दै सातौ स्थानमा रहेका थिए । कोरोनाका कारण प्रतियोगिताहरु नहुदा प्रिन्स वरियतामा यथावत नै रहेका छन् ।

प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक जोडेका छन् । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । प्रिन्सले गत फागुनमा दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरे ।

उनले पछिल्ला ७ खेलमा पाँच जित र दुई हारको नतिजा निकालेका छन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरेका थिए । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकालेका थिए ।

प्रिन्स हाल नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीसँगै असार पहिलो सातादेखि कोरियन प्रशिक्षकसँग प्रशिक्षणमा व्यस्त छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.