5 years ago
July 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक चोइ सिउन कुकले वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थालेका छन् ।
प्रशिक्षक कुकले सोमबारदेखि वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्याएका हुन् । नेपालमा लकडाउन खुकुलो भएसँगै नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि शिक्षक भौतिक दुरी अवलम्वन गर्नुका साथै सुरक्षित हुने उपायहरु अवलम्वन गरी प्रशिक्षण गरिरहेका छन् ।
प्रशिक्षक चोइ सिउन कुकलेले जुनियर टोलीलाई झन्डै एक घन्टा प्रशिक्षण दिएका छन् । त्यसपछि उनले वरीयताका टोलीलाई प्रशिक्षण दिनेछन् । जुनियर टोलीमा १० जनाभन्दा बढी खेलाडी छन् । यो संख्या बढ्न सक्नेछ । कोरियामा उत्कृष्ट प्रशिक्षकको सुचीमा रहेको प्रशिक्षक चोइ त्यहाँको राष्ट्रिय टोलीका समेत प्रशिक्षक हुन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।