default_image

5 years ago

July 10, 2020

डच ग्रान्डमास्टर्ससँग नेपाली खेलाडीले खेल्ने

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघको आयोजनमा आगमी १ साउनदेखि अनलाइन बुद्धिचाल च्याम्पियनसिपमा नेपाली खेलाडीले डच ग्रान्ड मास्टर्स अनिष गिरीसँग पनि प्रतिस्पर्धा गर्ने भएको भएको छ ।

विश्व वरीयताको १०औं स्थानमा रहेको नेपाली मुलका अनिष गिरी लामो समयदेखि नेदरल्यान्डमा बस्दै आएका छन् । उनले नेदरल्यान्डबाट प्रतिनिधित्व गरिसकेका छन् । उनका बुवा संजय गिरी लामो समयदेखि नेदरल्याण्डमा बस्दै आएको र उनकी आमा भने रसियन हुन् ।

अनिस सन् २०१४ मा १४ वर्षकै उमेरमा नै ग्राण्ड मास्टर बन्न सफल भएका हुन् । सन् २०१६ मा विश्व वरियतामा तेस्रो स्थान हासिल गरेका थिए भने सन् २०२० मा अन्तर्राष्ट्रिय बुद्धिचाल संघले गरेको वरियतामा सात स्थान तल झर्दै १० स्थानमा पुगेका छन् ।

च्याम्पियनसिपमा नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाई, शीर्ष वरीयताका विवेक लामा, फिडे मास्टर मनिष हमाल, महिला च्याम्पियन सुजना लोहनीसहति टप रेटेड १५ जना, विभिन्न उमेर समुहका १० जना र छैठौं राष्ट्रिय प्रतियोगिताका ५ महिला खेलाडी सहित ३० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.