default_image

5 years ago

July 6, 2020

बार्सिलोना जाने शर्तसहित जाभीको सम्झौता नविकरण

94 views

0 Bookmark

एजेन्सी – स्पेन तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड जाभी हर्नान्डेजले कतारी क्लब अल सादको प्रशिक्षकको रुपमा थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन् ।

पछिल्लो समय आफ्नै पूर्व क्लब बार्सिलोनाको प्रशिक्षक बन्ने चर्चा चलिरहेको बेला आइतबार राति क्लबसँग थप एक सिजन क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन् । सम्झौतासँगै जाभी २०२१ सम्म अल सादमा रहने छन् । जाभीले अल सादलाई दुई उपाधि दिलाएका छन् ।

जाभीले बार्सिलोनाको प्रशिक्षक बन्न प्रस्ताव आएमा सम्झौता तोड्न सक्ने शर्तलाई राखेका छन् । जाभीले समेत पछिल्लो समय आफु बार्सिलोनाको प्रशिक्षक बन्न चाहेको बताउँदै आएका छन् ।  बार्सिलोनाले गत जनवरीमा नै जाभीलाई प्रशिक्षक बनाउन प्रस्ताव गरेपनि जाभीले अनुभवको कमी रहेको भन्दै प्रस्तावलाई नकारेको र भविष्यमा जुनसुकै बेलापनि प्रशिक्षक बन्न सक्ने बताएका थिए ।

४० वर्षीय जाभीले १९९८ देखि २०१५ सम्म बार्सिलोनामा १७ वर्ष बिताउँदै विभिन्न २५ उपाधि जितेका छन् । जसमा चार च्याम्पियन्स लिग समावेश छन् । जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै ८५ गोल गरेका छन् । उनी २०१५ मा कतारी क्लब पुगेका थिए । त्यहीबाट खेल्दै व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गर्दै सोही क्लबको प्रशिक्षक बनेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.