default_image

5 years ago

July 4, 2020

कोरोनाविरुद्ध सचेतना दौड

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोनाविरुद्ध सचेतना दौड शनिबार सम्पन्न भएको छ ।  बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो ।

दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना भन्दा बढी भेला हुन नपाउने नेपाल सरकारको नियमलाई पालना गरी २५ जना मात्र सहभागी गराएर दौड सञ्चालन गरिएको पूर्व धावक समेत रहेका दौड संयोजक बुद्धवीर लामाले जानकारी गराए । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुका साथै कोरोना भाइरसका दौरान कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको संयोजक लामाले बताए ।

सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौ र स्वास्थ्य रहौ’ र ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौ’ भन्ने नारा लेखिएको सन्देशमुलक प्ले कार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए ।

सहभागी सबैले निर्धारित २५ किलोमिटर दूरी तय गर्न सफल भए । सहभागी मध्ये सबै भन्दा पाका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे । श्रेष्ठ डा. खगेन्द्रबहादुर श्रेष्ठ स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष पनि हुन् । अन्य सहभागीमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एभरेष्ट म्याराथनकी तीन पटककी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका कांस्य विजेता धर्म महर्जन संयोजक बुद्धवीर लामालगायत रहेका छन् ।

कोरोना सचेतना दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयको मुल गेट बाहिरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । ६० वर्षमाथि उमेरसमूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो भए ।

महिला खुला समूहमा याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो बने । ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रन्जित तृतीय स्थानमा रहे । विजेतालाई डा. खगेन्द्रबहादुर श्रेष्ठले प्रमाण पत्र र पदक वितरण गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.