5 years ago
July 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ७ को डडेलधुरामा स्थापना पिसिआर मेसिनका लागि खेलाडीबाट सहयोग उठ्ने क्रम जारी रहेको छ । यहि क्रममा राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेसहितका खेलाडीले आर्थिक सहयोग गरेको राजधानीबाट अभियानमा सहयोग गरिरहेको ओलम्पियन दीपक विष्टले जानकारी दिए ।
सन्दीपसहित महिला राष्ट्रिय टोलीकी अन्जली चन्द र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटाले समान १० हजार रुपैयाँ मेसिनका लागि सहयोग गरेका छन् । त्यस्तै क्रिकेटर नरेश बुढाएरले ८ हजार, राष्ट्रिय टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले पनि समान ५ हजार रुपैयाँ सहयोग गरेको विष्टले बताए ।
यसअघि खेलाडी र खेलकुदसँग सरोकार राख्नेले सहयोग गरेका थिए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता गौरिका सिंहले पिसिआर मेसिन स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गरेकी थिइन् । ४ सागमा ४ स्वर्ण पदक तेक्वान्दोका कीर्तिमानी विष्ट र सागमै ३ स्वर्ण पदक जितेकी उनीकी श्रीमती आयशा शाक्यले २० हजार रुपैयाँ सहयोग गरेका थिए ।
त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादु चन्द, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, स्पोर्टस युनिभर्सले समान १० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्य खेलाडी तथा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले पनि उक्त अभियानमा साथ दिइरहेका छ ।
ह्युमानीटि फाउण्डेसन नेपालले डडेलधुरामा पिसिआर मेसिन स्थापनाका लागि आर्थिक अभियानको सुरुवात गरेको थियो । स्थानिय श्याम तायलको अगुवाईमा अभियानको सुरुवात गरेको सञ्चारकर्मी समेत रहेका फाउन्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले जानकारी दिए ।
एक दिनमा ३ सय ८४ जनाको पिसिआर परिक्षण गर्न सकिने मेसिसन स्थापनाका लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने र अभियानबाट आवश्यक भन्दा बढी रकम संकलन भइरहेको संस्थापक सदस्य उपाध्यायले जानकारी दिए । संकलन बाँकी रकम पनि सोही अभियानमा खर्च हुने उनले जानकारी दिए । मेसिन स्थापना भइसकेको र केहि दिनबाट सेवा सुरु हुने बताइएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]