5 years ago
June 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल र कीर्तिमानी राष्ट्रिय च्याम्पियन पुजा श्रेष्ठले प्रशिक्षण शुरुवात गरेका छन् । प्रिन्स र पुजाले शनिबारदेखि बुल्स इन्डोर ब्याडमिन्टन हलमा प्रशिक्षण थालेको हो ।
कोभिड–१९ को महामारीको त्रास र त्यसबाट बच्न नेपाल सरकारले गरेको ३ महिना भन्दा लामो लकडाउनलाई १ असारदेखि खुकुलो बनाएसँगै खेलाडीहरुले व्यक्तिगत प्रशिक्षण थालेको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले जानकारी गराएका छन् ।
लकडाउका कारण राष्ट्रिय खेलाडीहरु तीन महिनाभन्दा बढी समय दैनिक अभ्यास गर्नबाट वञ्चित रहेका थिए । नेपाल सरकारले ५ चैतबाट खेलकुद गतिविधि स्थगित गर्दा ११ चैतबाट लकडाउन गरेको थियो ।
नेपाल ब्याडमिन्टन संघले हाल भएको खुकुलो लकडाउको समयमा ३ महिना अघि नेपाल ल्याएका कोरियन प्रशिक्षकबाट नेपालको वरीयता प्राप्त खेलाडीहरुलाई प्रशिक्षण गराउने योजना बनाइरहँदा विश्व ब्याडमिन्टनको जुनियर वरीयताको सातौ स्थानमा रहेका प्रिन्स दाहाल तथा महिला एकलतर्फका राष्ट्रिय कीर्तिमानी खेलाडी पुजा श्रेष्ठले बुल्स इन्डोर्स क्लबमा नियमित प्रशिक्षण थालिसकेका हुन् । पुजा महिलातर्फको पाँचपटकको राष्ट्रिय च्याम्पियन हुन् । उनी हाल विभागीय नेपाल एपिएफ क्लबमा आबद्ध छिन् ।
विश्व ब्याडमिन्टन फेडेरेसनको पछिल्लो वरीयता अनुसार सुदूरपश्चिमका प्रिन्स जुनियर वरीयतामा सातौ स्थानमा कायमै रहेका छन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले खेलाडीहरुले प्रशिक्षण गर्दा सामाजिक दुरी कायम गरिने भएकाले प्रशिक्षणलाई गाह्रो नहुने तर, अभिभावकहरुसाग सल्लाह नगरी शुरु गर्न कठिन हुने बताएका छन् ।
बुल्स इन्डोर्सका प्रोपाइटर कृष्ण पुनले ब्याडमिन्टन खेलाडीको लागि प्रशिक्षणको लागि हलको अभाव भएमा आफ्नो हल प्रशिक्षणको लागि निशुल्क प्रयोगमा दिने बताएका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।