default_image

5 years ago

June 20, 2020

बुन्डेसलिगामा आज ९ खेल, शीर्ष चार र रेलिगेसनको रोमान्च

107 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज आज राति ३३ औं चरणका सबै खेल हुँदैछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखदेखि रेलिगेसन क्षेत्रमा रहेको पाडेरवर्न सबैले आ–आफ्नो प्रतिद्वन्द्वीसँग खेल्दैछ ।

खेलमा प्रभाव नहोस् भनेर खेलहरु एकै समयमा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखले आठौं स्थानको फ्रेइवर्गसँग प्रतिस्पर्धा गर्दैछ ।  बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् । डर्टमुन्डले आरबी लाइप्जिगसँग खेल्दैछ ।

आरबी लाइप्जिग, बायर लिभरकुसन र बोरुसिया मोन्चेनग्लाडवाकमध्ये दुई टोलीले अर्काे सिजनको लागि च्याम्पियन लिगको लागि छनोट हुने दौडमा छ । लाइप्जिगलाई अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुन डर्टमुन्डविरुद्ध जितको आवश्यकता छ ।

यस्तै बायर लिभरकुसनले हेर्था बर्लिनको तथा बोरुसिया मोन्चेनग्लाडवाकले पाडेरवर्नको भ्रमण गर्दैछ । पाडेरवर्न रेलिगसेसनमा परिसकेको छ ।

युरोपा लिगको छनोटको दौडमा रहेको वल्फ्सवर्गले साल्केसँग तथा होफेनहाइनले युनियन बर्लिनसँग खेल्दैछ । यस्तै रेलिगेसन जोनमा रहेको फोर्टुना डुुसेलडर्फले अग्सवर्गको तथा वेर्डर ब्रेमेनले मेइन्जसँग प्रतिस्पर्धा गर्दैछ । पाडेरवर्न रेलिगेसनमा परिसकेका कारण अब एक टोली रेलिगेसनमा पर्नेछ । एक टोलीले रेलिगेसनको प्ले अफ खेल्नुपर्नेछ ।

आजको खेलहरु 

एफसी कोल्नविरुद्ध आइनट्राख्ट फ्रान्कफर्ट (साँझ ७ः१५ बजे)

बायर्न म्युनिखविरुद्ध फ्रेइवर्ग (साँझ ७ः१५ बजे)

फोर्टुना डुसेलडर्फविरुद्ध अग्सवर्ग (साँझ ७ः१५ बजे)

हेर्था बर्लिनविरुद्ध बायर लिभरकुसन (साँझ ७ः१५ बजे)

मेइन्जविरुद्ध वेर्डर ब्रेमेन (साँझ ७ः१५ बजे)

पाडेरवर्नविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (साँझ ७ः१५ बजे)

आरबी लाइप्जिगविरुद्ध बोरुसिया डर्टमुन्ड (साँझ ७ः१५ बजे)

साल्केविरुद्ध वल्फ्सवर्ग (साँझ ७ः१५ बजे)

होफेनहाइनविरुद्ध युनियन बर्लिन (साँझ ७ः१५ बजे)

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.