default_image

5 years ago

June 19, 2020

बार्सिलोना र सेभिया भिड्दै

93 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज रातिदेखि ३०औं चरणको खेलहरु हुँदैछ । ३०औं चरणको पहिलो दिन ३ खेल हुदैछ । शीर्षस्थानमा रहेको बार्सिलोनाले सेभियाको भ्रमण गर्दा ग्रानडा र भिल्लारियल तथा रियल मालोर्का र लेगानेसबीच पनि प्रतिस्पर्धा हुनेछ ।

सेभिया र बार्सिलोनाबीचको खेल सेभियाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । सेभियाविरुद्धको खेल बार्सिलोनाको लागि निकै महत्वपुर्ण रहेको छ । सेभियाविरुद्ध जित हात पार्न सके बार्सिलोनाले शीर्षस्थानमा पुनः ५ अंकको अग्रता बनाउने छ । बराबरीले ३ अंकको तथा हारले २ अंकको अग्रता नै कायम राख्नेछ ।

यस्तोमा बार्सिलोना सेभियाविरुद्ध जित निकाल्दै उपाधि दावेदारितालाई थप बलियो बनाउन चाहन्छ । कोरोनापछिको सुरुवाती दुवै खेलमा जित निकालेको बार्सिलोना सेभियाविरुद्ध पनि जितलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रनेछ ।

कप्तान लियोनेल मेस्सीको लय लुइस सुआरेज, एन्टोइन ग्रिजमले बार्सिलोनाको अग्रपङ्ति सम्हाल्नेछन् । वैकल्पिक खेलाडीको रुपमा मार्टिन ब्रेथवेटसँगै युवा स्टार अन्सु फातीले बार्सिलोनालाई अघि बढाउन सक्नेछ । कप्तान मेस्सी करिअरमा ७ सयौं गोल पूरा गर्ने संघारमा छन् ।

यसबाहेक बार्सिलोनासँग आर्टुरो भिडाल, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, जेरार्ड पिके, क्लेमेन्ट लेङ्लेट, नेल्सन सेमेडो र गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनजस्ता स्तरीय खेलाडीहरु रहेका छन् ।

बार्सिलोना सेभियासँग पछिल्लो तीन खेलमा अपराजित रहेको छ । २४ जनवरी २०१९ को कोपा डेल रे क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग २–० ले पराजित भएको थियो ।

यता, घरेलु मैदानमा सेभिया बार्सिलोनालाई स्तब्ध पार्दै अकं तालिकामा सुधार गर्दै अर्काे सिजनको च्याम्पियन्स लिगको यात्रालाई मजबुत बनाउन चाहन्छ । पछिल्लो ८ खेलमा अपराजित रहेको सेभिया बार्सिलोनालाई पनि पराजित गर्दै अपराजित यात्रा कायमै राख्न चहान्छ ।

सेभियाका लागि लुकास ओकाम्पस, लुक डि जोङ र मुनिर इल हाडाडी मुख्य हतियार हुनेछन् । इभर बनेगा, जेसस नाभास र सर्जियो रिगुइलन सेभियाको साथमा छ ।

पछिल्लो २९ खेलको नतिजा हेर्दा बार्सिलोना नै हावी छ । बार्सिलोनाले २२ खेलमा जित हात पार्दा सेभियाले ३ खेलमा जित निकालेको छ । ४ खेल बराबरीमा सकिएको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६६ अंक रहेको छ । बिहीबार राति मात्रै भ्यालेन्सियामाथि ३–० को जित हात पार्दै रियल म्याड्रिडले अंक दुरी २ मा छोट्याएको छ । रियको ६४ अंक छ । तेस्रो स्थानमा रहेको सेभियाको २९ खेलबाट ५१ अंक छ ।

अन्य खेल

ग्रानडाविरुद्ध भिल्लारियल (राति २३ः१५ बजे)

रियल मालोर्काविरुद्ध लेगानेस (राति २३ः१५ बजे)

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]

January 21, 2025

एन्फा यु १६ लिग – विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको‌ दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]

January 19, 2025

सभापति कप फुटबल – चर्च ब्वाइज र संकटाबिच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ। नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजना हुने नेपाली कांग्रेस सभापति कपको आइतवार खेल तालिका सार्वजनिक गरेको छ उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० […]

Success

Thank you for your time.