default_image

5 years ago

June 14, 2020

एट्लेटिको र बिल्बाओको बराबरी

101 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको खेलमा एथ्लेटिको बिल्बाओ र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा विल्वाओका इकर मुनिआइनले गोल गर्दा एट्लेटिकोका डिएगो कोस्टाले बराबरी गोल फर्काएका थिए ।

सान मामिस बारियामा आइतबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । एट्लेटिकोविरुद्ध राम्रो सुरुवात गरेपनि एट्लेटिको खेलको १२औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । यानिक कारास्कोले मार्काेस लोरेन्टेको पासमा गोल गर्न चुकेका थिए । २५औं मिनेटमा एन्डर कापाको प्रहारलाई एट्लेटिकोका गोलरक्षक यान ओब्लाकले विफल पारे ।

त्यसपछि लगातार एट्लेटिकोलाई दवावमा राखेको विल्वाओका इकर मुनिआइनले ३७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । युरी बेरचिचेको लो क्रसमा इकरको प्रहार एट्लेटिको डिफेन्डरलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुँदा ओब्लाकले रोक्ने कुनै मौका नै पाएनन् । तर, बिलबाओको अग्रता दुई मिनेट पनि टिकेन ३९औं मिनेटमा डिएगो कोस्टाले कोकेको चलाखीपुर्ण पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा पनि दुवै टोलीले गोलको केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो । बराबरीसँगै एट्लेटिकोले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको रियल सोसिडाडसँग समान ४६ अंक रहेपनि एट्लेटिको छैटौं स्थानमा यथावत छ । बिल्बाओ ३८ अंक जोडेर १०औं स्थानमा यथावत छ ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.