default_image

8 years ago

August 10, 2016

तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण

74 views

0 Bookmark

सोल – वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले ४ स्वर्ण जितेको छ ।

2(5)

नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकारढकाल, सागर श्रेष्ठ , ससिन शर्माले स्वर्ण पदक जितेका छन । ७ देखि ८  तारिख भएको खेल बर्तमान संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममाखेलाईएको थियो ।

अमेरिका , रसिया, चीन, भारत, बङ्गलादेश , श्रीलंका लगायत बिश्वका २६ देशहरु सहभागीता भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुन १२ जना खेलाडीहरू अन्तराष्ट्रिय प्रशिक्षक तथा यससंघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा नेपाली तेक्वान्दो टिम कोरिया प्रस्थान गरेका थिए । पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकार ढकाल , सिल्बर मेडल सुलभ न्यौपाने , सागर श्रेष्ठ , कृपन तामाङ , स्मृति थापा, प्रेरणा भुसाल , ब्रोन्ज मेडल जुनियर तर्फ सिजन भन्डारी, ससिन शर्मा , सबिन बस्याल , आयुषा गुरुङले जितिन ।दोश्रो दिनको जुनियर स्पाईरिङ खेलमा सागर श्रेष्ठ , ससिन शर्मा र प्रेरणा भुसालले गोल्ड मेडल स्मृति थापा, सिजन भन्डारी , साकार ढकाल , सबिन बस्याल , कृपन तामाङले ५ सिल्बर मेडल जित्नसफल भएका छन् ।नेपालले पुम्से र स्पाईरिङ गरि ४ गोल्ड, १० सिल्भर र ४ ब्रोन्ज जित्न सफल भयो ।

November 15, 2024

इटाली र फ्रान्स नेसन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इटाली र फ्रान्स नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् । इटाली र फ्रान्स शुक्रवार भएको अलग अलग खेलको नतिजापछि एक खेलअघि नै समूह लिग ए समूह २ बाट अन्तिम आठमा पुगेका छन्। इटालीले बेल्जियमलाई १-० ले पराजित गरेको छ। ११ औं मिनेटमा सान्द्रो टोनालीले गरेको गोल नै इटालीका लागि निर्णायक बन्यो । टोनालीको त्यो […]

November 12, 2024

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट बिर्तामोडमा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ । विराटनगरले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्ट बिर्तामोडको युनाइटेड क्रिकेट एकाडेमीमा सम्पन्न भएको हो । कार्यक्रममा १ सयभन्दा बढी खेलाडी सहभागी थिए । झापाका विभिन्न पालिकाका युवा क्रिकेटरहरु ट्यालेन्ट हन्टमा सहभागी भएका थिए […]

October 24, 2024

जापानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका‌ लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]

Success

Thank you for your time.