5 years ago
May 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एशियन चेस महासंघको आयोजनामा हुने एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा बुधबार २७ मेदेखि ४ जुनसम्म सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुश्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन् ।
प्रतियोगिता स्विस प्रणाली अनुसार ९ चरणको हुने छ । ३.२ जोन अन्तरगत हुने प्रतिस्पर्धामा नेपाल लगायत बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स गरि ५ राष्ट्रले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरि ६ जोनका छनोट चरणका खेल हुनेछन् । प्रत्येक जोनमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाईनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरण पनि स्विस प्रणालीमा नै ९ चरणकै हुने आयोजकले जनाएको छ ।
छात्रातर्फ शीर्ष तीन फाइनल चरणका लागि छनोट हुनेछन् । खुला जुनियर शीर्ष तीन भित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाइनल चरण मध्ये एक रोज्नु पर्नेछ । यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्नेे खेलाडी जुनियर फाईनल चरणका लागि छनोट हुने छन् । फाइनल चरण पनि स्विस प्रणाली अन्तरगत ९ चरणकै हुने आयोजकले जनाएका छन् ।
प्रत्येक खेलाडीहरुले प्रतियोगिता सुरु हुनु अगावै अनलाइनमा दर्ता हुनु पर्नेछ । अन्यता प्रतिस्पर्धामा सामेल हुन पाइने छैन । खेलाडीहरुले प्रतिस्पर्धा समय सम्म अनलाईनमा नै रहनु पर्नेछ । कुनै पनि खेलाडीहरुले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन् ।
बिजेतालाई एशियन जुनियर (छात्रा) अनलाईन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शिर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै महिला तर्फ शिर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर प्राप्त गर्ने छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]