5 years ago
May 17, 2020
एजेन्सी – कोरोना महामारीपछि शनिबारदेखि पुन सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आज (आइतबार) दुई खेल हुँदैछ । शीर्षस्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनसँग तथा एफसी कोल्न र माइन्जबीच दोस्रो दिन प्रतिस्पर्धा हुँदैछ ।
बायर्न र बर्लिनबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेपछि तथा कोलोन र मेन्जबीचको खेल साँझ ७ः१५ बजे हुनेछ । उपाधि होडमा रहेको बायर्न युनियन बर्लिनलाई पराजित गर्दै पुन शीर्षस्थानमा ४ अंकको अग्रता कायम गर्ने दाउमा हुनेछ । बायर्नका लागि फरवार्ड रोवर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिपे कौटिन्हो मुख्य हतियार हुनेछन् ।
शीर्षस्थानको बार्यनको २५ खेलबाट ५५ अंंक छ । शनिबार राति बोरुसिया डर्टमण्ड र बोरुसिया मोन्चेनग्लाडवाचले जित निकाल्दै शीर्षस्थानको बायर्नमाथि दबाब बढाएका छन् । आजको जितले बायर्नले पुनः ४ अंकको अग्रता बनाउनेछ । बराबरीले बायर्न २ अंकको तथा हारले पनि बायर्नले १ अंकको अग्रता लिँदै शीर्षस्थानमा नै रहनेछ ।
यता, घरेलु टोली बर्लिन बायर्नलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । बर्लिन ३० अंक जोडेर १२औं स्थानमा रहेको छ ।
अर्को खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत माइन्जले कोल्नसँग प्रतिस्पर्धा गर्नेछ । रेलिगेशन जोनभन्दा मात्र एक स्थानमाथि रहेको माइन्जलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । माइन्ज २६ अंकसहित तालिकाको १५औं स्थानमा छ । कोल्न ३२ अंक जोडेर १०औं स्थानमा छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]