default_image

5 years ago

May 16, 2020

बर्लिनको सानदार जित, लाइप्जिग हारबाट जोगियो

94 views

0 Bookmark

एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा हर्था बर्लिनले सानदार जित निकाल्दा आरबी लाइप्जिग हारबाट जोगिएको छ ।

बर्लिनको जितमा म्याथ्युज कुन्हा र भिडाड इभिसेभिचले समान एक गोल गर्दा आत्मघाती गोल उपहार पाएको थियो ।  विर्सल एरिना सिम्सेइममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, घरेलु टोलीले दोस्रो हाफमा बर्लिनको गतिलाई रोक्न सकेन ।

५८औं मिनेटमा केभिन अक्पोग्माको आत्मघाती गोलबाट बर्लिनले खेलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै इबिसेभिचले गोल गर्दै बर्लिनको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा कुन्हाले गोल गर्दै बर्लिनको जित सुनिश्चित गरे । जितपछि बर्लिन तालिकामा ११औं स्थानमा उक्लन सफल भएको छ । बर्लिनको २६ खेलबाट ३१ अंक पुगेको छ । बर्लिनसँग पराजित होफेनहाइन ३५ अंक जोडेर नवौं स्थानमा छ ।

अर्काे खेलमा आरबी लाइप्जिग घरेलु मैदानमै फ्राइबर्गसँग १–१ गोलको बराबरीमा रोकिएको छ । लाइप्जिग एक गोलले पछि परेको अवस्थामा खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । फ्राइबर्गका म्यानुयल गुल्डेले पहिलो हाफमा गोल गर्दा लाइप्जिगका युसुफ पउलसेनले खेल सकिन १३ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको अन्तिम मिनेटमा फ्राइबर्गले गोल गरेपनि रेफ्रीले भीएआरको सहायताले उक्त गोल अफसाइड भएको निर्णय दिएका थिए । बराबरीपछि लाइप्जिग २६ खेलबाट ५१ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ३७ अंक जोडेर सातौ स्थानमा उक्लिन सफल भएको छ । समान अंक भएपछि फ्रइबर्गले गोल अन्तरमा साल्केलाई पछि पारेको हो ।

यस्तै अर्काे खेलमा वल्फवर्गले अग्सवर्गमाथि २–१ को जित निकाल्दा डुसेलडर्फ र पाडेरबर्नले गोलरहित बराबरी खेल्दै अंक बाँडे । लिग अन्तर्गत आइतबार बायर्न म्युनिखले युनियन बर्लिन र एफसी कोल्नले माइन्जको सामना गर्नेछ ।

विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ का कारण गएको मार्चको दोस्रो सातादेखि विश्व खेलकुद ठप्प हुदा बुन्डेसलिगा पनि प्रभावित बनेको थियो । युरोपको घरेलु लिगमा बुन्डेसलिगा कोरोनापछि सुचारु हुने पहिलो चर्चित लिग बनेको छ । फ्रेन्च लिग वान, बेल्जियम लिग, डच लिग रद्द भइसकेका छन् । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ भने चाडै सुरु हुने योजनामा छ ।

अन्य नतिजा

डर्टमन्डविरुद्ध साल्के (–०)

अग्सवर्गविरुद्ध वल्सवर्ग (१–)

डुसेलडर्फविरुद्ध पाडेरवर्न (०–०)

आरबी लाइप्जिगविरुद्ध फ्रेइवर्ग (१–१)

होफेनहाइनविरुद्ध हर्था बर्लिन (०–)

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.