5 years ago
May 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आर्थिक अवस्था कमजोर रहेका ५१ क्याडी परिवारलाई सोमबार राहत साम्रगी वितरण गरेका छन् ।
संघका अध्यक्ष टासी घलेले कोरोना भाइरस (कोभिड–१९) का नेपाल लकडाउन भएपछि दैनिक गुजारा गरेर खाने रोयल नेपाल गल्फ क्लब र गोकर्ण गल्फ क्लबमा काम गर्ने काठमाडौंका ५१ क्याडी परिवारलाई सहयोग गरेका हुन् । सबै ५१ परिवारलाई समान ५ केजी चामल, २ केजी चिउरा, १ केजी चिनी, १ केजी दाल र १ केजी खाने तेल वितरण गरेका हुन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।