5 years ago
May 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टेवल टेनिसतर्फ कास्यपदक जित्न सफल एलिना महर्जनले आफुले प्राप्त गरेको पुरस्कार रकमको ५० प्रतिशत रकम बराबरको खाद्यान्न सामग्री महामारीको रुपमा लिएको कोरोना भाइरसका (कोभिड–१९) र लकडाउनका कारण विपदमा परेका परिवारलाई हस्तान्तरण गरेकी छिन् ।
विभागीय नेपाल पुलिसमा कार्यरत एलिनाले सागमा टेबल टेनिसतर्फ महिला टिम इभेन्ट्समा कास्य जितेकी थिइन् । नेपाल सरकारले टिम इभेन्टसमा कास्य जित्न सफल खेलाडीलाई जनही २ लाख नगद दिने घोषणा गरेको थियो । घोषणा गरे बमोजिम नै एलिनाले वैशाख पहिलो साता आफ्नो खाता २ लाख रुपैया प्राप्त गरेकी थिइन् ।
एलिनाले सोही पुरस्कारको ५० प्रतिशत (एक लाख रुपैयाँ) बराबरको खाद्यान्न सामग्री काठमाडौं महानगरपालिका वडा नम्वर १७ खुशिबुका विपन्न परिवारलाई हस्तान्तरण गरेकी हुन् । उनले ५ केजी चामल, १ किलो दाल, चिउरा, नुन र तेल २ सय घर परिवालाई हस्तान्तरण गरेकी हुन् । एलिनाले वडा नम्वर १७ को स्वीकृतिमा वडाका सदस्यहरु समेत राखेर वडाले संकलन गरेको तथ्यांकको आधारमा राहत सामग्री वितरण गरिएको बताइन् ।
विपन्न परिवारलाई सहयोग हस्तान्तरण गरेपछि एलिनाले आफुले सक्ने सहयोग गरेको सहयोग गर्न पाउदा खुसी लागेको बताइन् । ‘एकदमै खुसी लागेको छ । केही परिवारलाई केही दिनको लागि भएपनि खाना खान पाउने अवस्था बनाएको छु । थोरै भएपनि राहत पाउने परिवारहरु एकदमै खुशी देखिएको थियो,[review]’ एलिनाले भनिन्, ‘तर, मलाई दुःख पनि लागेको छ । त्यहाँको सबै परिवारलाई सहयोग गर्न सकिन । एक्लैले धेरै सहयोग गर्न नसकिने रहेछ । धेरैले मन दुखायो । मेरो मन पनि खिन्न भयो । तर, म सकेको सहयोग अझै गर्नेछु ।’
एलिनाले यस्तो विपदमा रहेका परिवारलाई आर्थिक स्थिति राम्रो भएकाहरुले सहयोग गरिदिन समेत आग्रह गरेकी छन् ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]