default_image

5 years ago

April 29, 2020

साग पदक विजेता प्रशिक्षकलाई पुरस्कार कहिले ?

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजनामा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुले झन्डै पाँच महिनापछि सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गरेपनि प्रशिक्षक र खेल संघले अझै पनि घोषित पुरस्कार पाउन सकेका छैनन् ।

खेलाडीहरुले वैशाख पहिलो साता आफ्नो बैंक खातामा रकम जम्मा भएको जानकारी गराएका थिए । तर, कतिपय खेलाडीले अझैपनि पुरस्कार नपाएको गुनासो गरिरहँदा सागमा पदक जिताउन सफल प्रशिक्षक र खेल संघका लागि मन्त्रालयले रकमको निकासा नै नगरिएको पाइएको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट सिफारिस सूची प्राप्त भएपछि मात्र पुरस्कार रकम पठाउने बताएको छ ।

१३औं सागमा पदक जित्न सफल प्रशिक्षक र सहायक प्रशिक्षकगरी १ सय १० जना छन् । २५ खेल संघले पनि प्रोत्साहन रकम पाउनेछन् । गत मंसिर १५ देखि २५ गतेसम्म नेपालमा भएको १३औं सागमा नेपालले ५१ स्वर्णसहित २ सय ६ पदक जित्दै दोस्रो भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने खेलाडीलाई नगद पुरस्कार घोषणा गरेका थिए ।

पुरस्कार तथा सम्मान कार्यविधिमा खेलाडीसँगै प्रशिक्षक र सहायक प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ । पुरस्कार प्राप्त गर्नका लागि राखेपबाट लिएको पेश्की रकम फर्छ्यौट हुनुपर्ने व्यवस्था पनि कार्यविधिमै उल्लेख छ । कतिपय प्रशिक्षकले लिएको पेश्की रकम फर्छ्यौट नगरेकाले पुरस्कार रकम नपठाएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

सागको समयमा तयारी लगायत प्रशिक्षणमा उपलब्ध गराउने खर्च प्रशिक्षकको नाममा निकाशा गरिएको थियो ‌। राखेपले संघमार्फत गर्नुपर्ने काम प्रशिक्षकलाई लादेको थियो । प्रशिक्षकले सम्पूर्ण हिसाब बुझाएपनि यस्तो अवस्थामा राखेप नै बन्द हुँदा कार्य अगाडी बढ्न सकेको छैन । प्रशिक्षकलाई बिनाकारण आर्थिक हरहिसाबमा संलग्न गराएर त्यसैलाई कारण देखाएर अहिले सम्मानको रकम दिन ढिलाई गरिएको छ । कतिपय प्रशिक्षकले यसलाई नियोजित र न्यायोचित नभएको तर्क राखेका छन् ।

पुरस्कार तथा सम्मान कार्यविधिमा पुरस्कार लिनका लागि ३ महिनाभित्र राखेपमा रहेको पेश्की फरछ्यौट गरिसक्नुपर्ने उल्लेख छ । यस्तै नेपाल सरकारलाई तिर्न वा बुझाउन कुनै बेरुजु बाँकी नभएको स्वघोषणा समेत हुनुपर्ने उल्लेख छ । त्यही अनुसार खेलाडीको कुनै पेश्की बाँकी नरहेकोले पुरस्कार पठाइसकेको र प्रशिक्षकको हकमा केहीको पेश्की फरछ्यौट हुन बाँकी रहेको भन्ने जानकारी राखेपले गराएको छ ।

खेलाडीको रुपमा सागमा दुई संस्करण स्वर्णपदक जितेका तथा १३औं सागमा स्वर्ण जित्ने कराते टोलीका प्रशिक्षक दीपक श्रेष्ठ र तेक्वान्दोका कीर्तिमानी दीपक विष्टलेले प्रशिक्षकले पुरस्कार नपाएकामा सामाजिक सञ्जालबाटै गुनासो पोखेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा सागमा दुई स्वर्ण विजेतासमेत रहेका श्रेष्ठले खेलाडीलाई सफलता दिलाउन अहम भूमिका खेल्ने प्रशिक्षकको अपमान भएको बताएका छन् ।

‘प्रशिक्षकलाई चाहिँ विभिन्न कारण देखाउँदै सम्मान नगर्दा अपमान भएन र ?’ उनले प्रश्न गरेका छन्, ‘यस्तो निर्णय गरी प्रशिक्षकलाई अपमानित गर्दापनि अरुबेला सबै प्रशिक्षक कर्मचारीको अभिभावक संस्था हामी हौँ भन्नेहरु कुन दुलोमा छन् ?’ कुनै पनि प्रशिक्षकले आफ्नो रहरले पेश्की नलिएको भन्दै पेश्की लिएकै कारण प्रशिक्षकलाई पुरस्कार नदिनु कत्तिको न्यायोचित हो भनी उनले प्रश्न गरेका छन् ।

यस्तै ओलम्पियन तथा सागको चार संस्करणमा लगातार स्वर्ण जित्न सफल १३औं सागका तेक्वान्दोका प्रशिक्षक  विष्टले खेलाडीको खातामा घोषित पुरस्कार पठाएकोमा पुरस्कार प्राप्त गर्ने सम्पुर्ण खेलाडी र नेपाल सरकारलाई धन्यवाद दिएका छन् । तर, खेलको हारमा सबैभन्दा पहिला दोष प्रशिक्षकलाई जाने र यो स्वभाविक नै रहेको र सफलतामा त्यस्तै पहिलो जस प्रशिक्षकलाई दिने परम्परा कहिलो शुरु होला भनेर व्यंगात्मक पाराले सम्बन्धित निकायलाई गुनासो गरेका छन् ।

सागमा पदक विजेता प्रशिक्षकलाई विभिन्न वहाना बनाएर रकम घटाएको र यो आलटाल नभई अपमान रहेको लेखेका छन् । आफुले पाउनुपर्ने पुरस्कारको लागि गुनासो गर्नुपर्ने सायदै नेपालमै होला । प्रशिक्षकले पुरस्कारकै लागि काम गरेका हुदैनन् तर, कम्तीमा अपमान त नगरौं । खेलकुद नेतृत्वलाई यही आग्रह छ ।

१३ औं साग आयोजक समिति सचिवालयका प्रमुख कमल खनालले भने मन्त्रालयले तयार पारेको कार्यविधिमा नै पेश्की फर्यौट गरेपछि मात्र पुरस्कार दिने उल्लेख गरेकोले त्यहि अनुसार गरिएको बताएका छन् । ‘सागका पदक विजेता प्रशिक्षक मध्ये ५८ जनाको बेरुजु छैन । ती प्रशिक्षकको पुरस्कार राशी पठाइदिन हामीले सिफरिस गरिसकेका छौं, उनले भने, अन्य प्रशिक्षकको पनि बेरुजु फछ्र्यौट हुने बित्तिकै सिफारिस भइहाल्छ । ’

राखेपले भने कतिपय प्रशिक्षकको सागकै शीर्षकमा र कतिपयको त्यसअघिको पेश्की फ्र्छौट हुन बाँकी रहेको जनाएको छ । त्यसमध्ये धेरै प्रशिक्षकको धेरै रकमको पेश्की रहेको बताइएको छ । जेठको १० गते सम्म अधिकांश प्रशिक्षकले पुरस्कार राशी पाइसक्ने विश्वास राखेपले लिएको छ ।

मंसिर १५ देखि २५ गते सम्म आयोजना भएको सागको १३औं सागमा स्वर्ण जित्ने प्रशिक्षकले ५ लाख पाउनेछन् । रजत जित्नेले ३ लाख र कास्य जित्नेले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै सहायक प्रशिक्षकमा स्वर्ण जित्नेले ३ लाख रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख पाउनेछन् । यसैगरी खेल संघतर्फ स्वर्ण जित्नेले ५ लाख रजत जित्नेले ३ लाख र कास्य जित्नेले २ लाख रुपैयाँ पाउनेछन् ।

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]

January 21, 2025

एन्फा यु १६ लिग – विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको‌ दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]

January 19, 2025

सभापति कप फुटबल – चर्च ब्वाइज र संकटाबिच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ। नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजना हुने नेपाली कांग्रेस सभापति कपको आइतवार खेल तालिका सार्वजनिक गरेको छ उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० […]

Success

Thank you for your time.