default_image

5 years ago

April 28, 2020

युइएफएले आफ्ना सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने

106 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबल महासंघ (युइएफए) ले कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित आफ्ना सदस्य राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

युइएफएले आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्न २३६.५ मिलियन युरो निकासा गरेको जनाएको छ ।
युइएफएको यो निर्णयसँगै ५५ राष्ट्रले ४.३ मिलियन युरो पाउने पाउनेछन् ।

यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले पनि कोरोना भाईरसबाट प्रभावित आफ्ना सदस्य राष्ट्रका लागि ५ लाख अमेरिकी डलर दिने घोषणा गरिसकेको छ । कोरोनाको महामारीपछि फुटबलका आएको चुनौतीलाई सामना गर्न यस सहयोगले मद्दत पुग्ने युइएफएले जनाएको छ ।

कोरोनाको कारण युरोपियन लिग ठप्प रहेको छ । नेदरल्यान्ड्सको डच लिग भने रद्ध गरिसकेको छ । केही लिगहरु शुरु हुने तरखरमा रहेको छ । जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग शुरु गर्ने तयारीमा छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.