5 years ago
April 10, 2020
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यद्धारा आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका ६ बोर्ड सदस्यहरुले अध्यक्ष जोसेप मारिया बार्टाेमेउलाई जानकारी गराउँदै राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा उपाध्यक्ष इनरिके तोम्वास र सचिव मारिया टेक्सीडोर छन् । सिल्भियो इलियस, जोसेप पन्ट, जोर्डी क्लासमिगलिया र इमिली रोउसान्ड छन् । उनीहरुले राजीनामा पत्र र ग्रुप कलमार्फत महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण क्लबमा पर्न सक्ने संकट र त्यसले निम्त्याउने समस्याका बारेमा क्लबको अबको रणनीतिबारे धारण सार्वजनिक गर्न अपिल गरेका छन् ।
‘हामी क्लबमा अबको अवस्थाबारे कुराकानी गर्न चाहिरहेका छौं । तर, क्लबका अध्यक्षले यसबारेमा छलफल गर्ने मनसाय नबनाएपछि हामीले राजीनामा दिएका हौं । हामी भविष्यको महत्वपुर्ण चुनौतीको सामना गर्न क्लबको मापदण्ड र व्यवस्थापनको ढाँचालाई परिवर्तन गर्न नसक्दा अहिले यो अवस्थामा पुगेका छौं । केही विषयहरु हामीले सामाजिक सन्जाल र सञ्चार माध्यमबाट मात्रै थाहा पाएका छौं । यस विषयमा पनि हाम्रो असन्तुष्टि छ,’ संयुक्त राजीनामा पत्रमा उल्लेख छ ।
क्लबले कोरोनाका कारण क्लबका खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेपनि थप ठोस निर्णय गर्न सकेको छैन । पारिश्रमिक कटौतीमा क्लबका पदाधिकारी र खेलाडीबीच विवाद सिर्जना भएको थियो । पछिल्लो समयका टिमका कप्तान लियोनेल मेस्सी र क्लबका अध्यक्ष बोर्टाेमेउबीच सम्बन्ध राम्रो हुन सकेको छैन । जोसेप मारिया बोर्टाेमेउ २०१४ जनवरीमा अध्यक्षमा निर्वाचित भएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]