9 years ago
July 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) –नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा कार्य सम्पादन तथा सहजीकरण उपसमिति गठन गरिएको छ ।
१३ औं सागका लागि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा गठित तयारी तथा व्यवस्थापन समितिको सातदोबाटोमा शनिबार बसेको बैठकले सदस्य–सचिव विष्टको संयोजकत्वमा उक्त उपसमिति गठन गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
बैठकले सागका लागि २ समिति गठन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने तथा साग आयोजनाका लागि बााकी रहेको समयमा कार्य सम्पन्न गर्ने संकल्प प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै सागका लागि सातदोबाटोमा सचिवालय स्थापना गर्ने तथा सागका लागि आवश्यक पर्ने पूर्वाधार तयारीका लागि टासी घलेको संयोजकत्वमा पूर्वाधार तयारी उपसमिति गठन गर्ने निर्णय गरेको छ । उपसमितिले सागका लागि आवश्यक नया पूर्वाधार र मर्मत गर्नु पर्ने पूर्वाधार बारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रेस सल्लाहकार दाहालले जानकारी गराए ।
मन्त्री मण्डलको अध्यक्षतामा बसेको बैठकमा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, स्काउटका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]