default_image

8 years ago

July 30, 2016

सुदूरपश्चिमको भलिबल प्रशिक्षण केन्द्रलाई आधिखोला स्पोर्टस क्लबको सहयोग

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको आधिखोला स्पोर्टस क्लबले महेन्द्रनगर कञ्चनपुरको भलिबल प्रशिक्षण केन्द्रलाई १२ जोर ट्रयाकसुट सहयोग गरेको छ ।

received_10155054879783032

२२ बर्षदेखि हङकङ बस्दै आएका क्लबका अध्यक्ष शंकर गुरुङले शनिबार राजधानीमा प्रशिक्षण केन्द्रमा प्रमखु जगदिश भट्टलाई भट्टलाई ट्रयाकसुट हस्तान्तरण गरे । पूर्व भलिबल खेलाडी समेत रहेको गुरुङले भने,‘भलिबल खेलाडी उत्पादनमा सुदूरपश्चिमाञ्चलको भूमिका महत्वपूर्ण रहँदै आएको छ । त्यसैले सहयोग गरेका छौं ।’ नेपाल भलिबलका सचिव समेत रहेका भट्टले झन्डै दशकयता उक्त केन्द्रमा प्रशिक्षण गराउँदै आएका छन् । भट्टका अनुसार केन्द्रमा महिला÷पुरुष झन्डै ६० जना अहिले पनि प्रशिक्षण लिइरहेका छन् ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्काे साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 20, 2024

ओमानलाई हराउँदै कुवेत फाइनलमा

एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ । शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो । त्यसअघि टस जितेर पहिले […]

Success

Thank you for your time.