default_image

5 years ago

March 30, 2020

सन्दीप सम्मिलित दिल्लीले आइपिएल उपाधि जित्न सक्ने ४ आधार

143 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण आगमी वैशाख पहिलो सातादेखि सुरु हुने कार्यक्रम छ । आइपिएल सुरुहुन एक महिना बाँकी रहँदा विश्वभर फैलि रहेको कारोना भाइरसको कारण कुनै पनि टोलीले आफ्नो तयारी थालेका छैनन् ।

चेन्नई सुपर किंग्सले प्रशिक्षण सुरु गरेपनि हाल स्थगित गरिसकेको छ । आइपिएल चैत्र १६ देखि हुने भनिएपनि कोरोना भाइरसको कारण वैशाख ३ सम्मलाई सारिएको छ । यस पटक नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

गतवर्ष दिल्लीले प्रतियोगिताभर उच्च प्रर्दशन गरेको थियो । तीव्र गतिका बलर कागिसो रबाडा अन्तिम समयमा चोटको कारण बाहिरिंदा दिल्लीलाई ठूलो धक्का पुगेको थियो । दोस्रो क्वालिफायरमा दिल्ली चेन्नईसँग ६ विकेटले पराजित हुँदा रबाडाको अभाव झल्किन्थो । यसपटक अक्सनमा दिल्लीले गत वर्ष भएको कमजोरीलाई मध्यनजर गर्दै अक्सनमा टोलीलाई आवश्यक खेलाडीनै अनुबन्ध गरेपछि उपाधि सम्भावना झनै बलियो बनेको छ ।

अक्सनमा दिल्लीले आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायर, विकेटकिपर एलेक्स केरी र अलराउन्डर मार्कस स्टोइनिस जस्ता खेलाडी अनुबन्ध गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरेको छ । दिल्ली सन् २००८ र २००९ मा सेमिफाइनल तथा २०१२ र २०१९ मा तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो । दिल्ली अन्य सबै संस्करणमा लिग चरणबाटै बाहिरिएको छ । यस पटक भने दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गर्दै उपाधि जित्न चाहन्छ । दिल्लीले पहिलो पटक उपाधि जित्न सक्ने यी ४ बलिया आधार पनि छन् ।

४. बलियो स्पिन अट्याक

गत वर्ष दिल्लीमा लेग स्पिनर सन्दीप लामिछाने र अमित मिश्रा थिए । टोलीमा दुवै लेग स्पिनर हुँदा अफ स्पिनरको कमि रह्यो । यस पटक दिल्लीले किंग्स इलेभेन पञ्जावका कप्तान रविचन्द्रन आश्विनलाई अनुबन्ध गरेसँगै दिल्लीको स्पिन अट्याक मजबुत र सन्तुलन बनेको छ । अब लेग स्पिनर र अफ स्पिनरले दुवै तर्फबाट दबाब बनाउँदै विपक्षी ब्याट्सम्यानलाई निराश बनाउन सक्छन् ।

सन्दीप र मिश्राले पावर प्लेमा नयाँ बलले बलिङ गर्न सक्छन् । मध्यक्रममा आश्विनले आफ्नो अनुभवी प्रर्दशन गर्न सक्छन् । लगातार स्पिनर हाबी हुँदै विपक्षी ब्याट्सम्यानलाई सस्तैमा आउट गर्दै सहज जित पक्का गर्न सक्छन् । अर्कोतर्फ दिल्लीको घरेलु मैदान स्पिनर उपयोगी मानिन्छ । दिल्लीका स्पिनरले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि सपना पुरा गर्न सक्छन् ।

३. युवा खेलाडीको बाहुल्यता

दिल्ली केहि वर्ष यता युवा खेलाडीमा बढी केन्द्रित छ । दिल्लीका धेरै खेलाडी निरन्तर अन्तर्राष्ट्रिय खेल खेल्दै उच्च प्रर्दशन गरि रहेका छन् । युवा खेलाडीको बाहुल्यता रहेको दिल्लीमा खेलाडीको फिटनेश, जोश र जागर पनि उत्कृष्ट देखिन्छ । जसको फाइदा दिल्लीलाई खेलको क्रममा फिल्डिङमा हुने छ ।

जितको लागि ब्याटिङ र बलिङ मात्र होइन फिल्डिङ, रणनिती, टिम एकता र कप्तानी पनि त्यतिकै राम्रो हुनुपर्छ । युवा खेलाडीले भरिएको हुँदा दिल्लीले फिल्डिङ मार्फत रन रोक्दै विपक्षीलाई दबाबमा राख्न सक्छ । अर्कोतर्फ दिल्लीको बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्ष्य सन्तुलित देखिन्छ । जसले उपाधिको दाबेदार देखाउँछ ।

२. उत्कृष्ट ओपनर जोडी

कुनै पनि टोलीलाई विशाल योगफल बनाउन ओपनरले उत्कृष्ट प्रर्दशन र सुरुवात दिनुपर्छ । टि२० इतिहासमा जतिपनि ठुलो योगफल बनेको छ । त्यसमा ओपनरको प्रर्दशन र साझेदारी उत्कृष्ट छ । ओपनरको खराब प्रर्दशनमा सुरुवातमै दबाब पर्ने हुँदा ठुलो योगफल विरलै बनेको छ । दिल्लीसँग उत्कृष्ट ओपनर जोडी छ । भारतीय युवा ओपनर पृथ्वी शा र शिखर धवन पहिलो रोजाइका ओपनर हुन् ।

गतवर्ष यी दुवैले राम्रो प्रर्दशन गरेका थिए । गतवर्ष पृथ्वीले १६ खेलमा ३ सय ५३ रन जोडेका थिए । भारतीय टोलीका पहिलो रोजाइका ओपनर समेत रहेका शिखरले १६ खेलमा ५ सय २१ रन जोड्दै सर्वाधिक रन जोड्ने सुचिमा शीर्ष चारमा रहेका थिए । पृथ्वीले आक्रामक ब्याटिङ गर्दा धवनले टोलीको आवश्यकता अनुसार प्रर्दशन गर्ने गर्दछन् । यी दुबैले ठुलो इनिङ खेल्दै विशाल योगफल तयार पार्न सक्छन् । अर्कोतर्फ दुबै ओपनरले खराब प्रर्दशन गरेको खेण्डमा राम्रो विकल्प पनि छ ।

इंग्ल्यान्डका आक्रामक ओपनर जेसन रोय र पछिल्लो समय उत्कृष्ट लयमा रहेका अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस वैकल्पिक ओपनर हुन् । स्टोइनिसले दुई महिना अघि सम्पन्न बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ओपनिङ गर्दै १७ खेलमा ७ सय ५ रन बनाउँदै शीर्ष स्थानका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

यसक्रममा उनले सिड्नी सिक्सर्सविरुद्ध ७९ बलमा १३ चौका र ८ छक्का सहित १ सय ४७ रनमा अविजित इनिङ खेल्दै इतिहास रचेका थिए । जुन बिग ब्यास इतिहासकै उच्च व्यक्तिगत प्रर्दशन हो । अर्कोतर्फ उनलाई यसै वर्ष घरेलु मैदानमा हुने टि२० विश्वकपमा टोलीमा स्थान बनाउन पनि उच्च प्रर्दशन गर्नुपर्ने आवश्यकता छ । यद्यपी दिल्लीको आवश्यकता देख्दा स्टोइनिसले तल्लोक्रममा ब्याटिङ गर्ने सम्भावना बलियो छ ।

१. मजबुत ब्याटिङ लाइनअप

ब्याटिङ लाइनअप दिल्लीको सन्तुलन, मजबुत हुनुको साथै गहिराई छ । जुन च्याम्पियन टोलीको संकेत हो । ओपनरमा शिखर धवन, पृथ्वी शा, जेसन रोय र मार्कस स्टोइनिस छन् । यी चारै खेलाडीले उत्कृष्ट सुरुवात दिलाउनुको साथै ठुलो इनिङको लागि परिचित छन् । मध्यक्रममा अजिंक्या रहाने, कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्त छन् ।

पन्त चल्छन् भने उनलाई रोक्न मुश्किल पर्छ । उनले विश्फोटक ब्याटिङ गर्दै एक्लै र एकै ओभरमा जितको आधार तयगर्न सक्छन् । ऐरले पनि मध्यक्रममा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पन्तले गत वर्ष १६ खेलमा ४ सय ८८ र श्रेयसले ४ सय ६३ रन जोडेका थिए । अर्कोतर्फ पन्तलाई भारतीय टोलीमा टि२० विश्वकपमा स्थान बनाउन आइपिएलमा राम्रो प्रर्दशन गर्नु पर्ने दबाब थपिएको हुँदा जिम्मेवारीका साथ अझ उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको छ । जसको फाइदा दिल्लीलाई हुने छ ।

गतवर्ष दिल्लीले उपाधि जित्न नसक्नुमा तल्लोक्रमको कमजोर ब्याटिङ एक कारण थियो । त्यसैले दिल्लीले यस पटक अक्सनमा वेस्ट इन्डिजका युवा ब्याट्सम्यान शिम्रन हेटमायरलाई ७ करोड ७५ लाख र अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरीलाई २ करोड ४० लाख भारतीय रुपैयाँ खर्चेर अनुबन्ध गरेको थियो । हेटमायर र केरी दुबै उत्कृष्ट फिनिसिङ गर्ने गर्छन् । हेटमायरले वेस्ट इन्डिजबाट निरन्तर उत्कृृष्ट प्रर्दशन गर्दै आएका छन् । केरीले एकदिवसिय विश्वकपमा उत्कृष्ट फिनिसिङ गरेका थिए ।

स्टोइनिसले जुन सुकै स्थानमा ब्याटिङ गर्ने हुँदा अझ मझबुत बनेको छ । तल्लोक्रममा किमो पल, अक्षर पटेल, हर्षल पटेलले पनि ब्याटिङ राम्रो गर्ने हुँदा ब्याटिङमा गहिराई हुनुको साथै निकै मजबुत बनेको छ । जसले दिल्लीलाई उपाधिको दाबेदार टोली देखाउछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.