default_image

5 years ago

March 26, 2020

‘स्पेनिस लिग मैदानमै टुंगिन्छ, मिति तोक्न सकिन्न’

117 views

0 Bookmark

एजेन्सी – स्पेनिस फुटबल महासंघ (आरएफइएफ) का अध्यक्ष लुइस रुबेल्सले घरेलु फुटबलको अन्त्य मैदानबाट हुनुपर्नेमा जोड दिएका छन् । विश्व व्यापी रुपमा कोरोना भाइरस कोभिड १९ ले असर पुर्याएपछि स्पेनमा अहिले सबै खाले फुटबल प्रतियोगिता र गतिविधि स्थगित छ । कोरानाको अत्याधिक प्रभावित मुलुकमा स्पेन पनि पर्दछ । त्यसैले अहिले स्पेनमा आपतकाल लागेको छ ।

‘मैले सबै ठाँउका साथीहरुसँग कुराकानी गरेको छु । अहिलेको अवस्थालाई सबैले बुझेका छन्’, उनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘अहिले खेलकुदका सबै गतिविधि ठप्प छन् । नयाँ मिति र अन्य विषयमा हामीले अहिले केहि सोचेका छैनौं ।’

उपयुक्त समय आएपछि आवश्यक निर्णय लिने अध्यक्ष रुबेल्सले बताएका छन् । तर अहिले कुनै मिति तय नगरिने पनि उनले प्रष्ट पारेका छन् । ‘जब जनजीवन सामान्य हुनेछ । अनि फुटबल सुचारु गर्ने विषयमा छलफल गरौंला’ , उनले थपे , ‘अहिले हामी यो तालिकालाई थप्न गइरहेका छौं । अहिले कोरोनाको प्रभाव धेरै छ । त्यसैले यस्तो बेला मिति तोक्नु उपयुक्त हुने छैन ।’

अध्यक्ष रुबेल्सले ला लिगका विषयमा पनि कहिलेबाट सुचारु हुने भन्ने कुनै तय नभएको बताएका छन् । ‘सिजन पुरा गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौं । तर दुई सिजनलाई एउटैलाई गाभ्ने कुनै सोच छैन’, उनले थपे, ‘सिजनलाई टुंगाउनुपर्ने हाम्रो प्राथमिकता हो । हामी क्लबहरुलाई रेलिगेसनमा पठाउन मात्र सक्दैनौं । बढुवा पनि गराउनुपर्ने हुन्छ । सयौं क्लब सिजन अन्त्यको पर्खाइमा छन् । जब अवस्था सामान्य हुनेछ फुटबल सिजनको अन्त्य पनि गर्नेछौं ।’

उनले सिजन सुरुवातको केहि अनुमान गर्न नसकिने तर्क पनि गरेका छन् । ‘हामीले यसअघि मेको सुरुबाट खेल्न सकिने सोचेका थियौं, त्यो सम्भव देखिँदैन । तर म आफ्नो अनुमानमा गलत भए भने खुसी हुनेछु । त्यो अवस्थामा हामीले क्यालेन्डरलाई लम्बाउनुपर्ने हुन्छ’ , उनले थपे, ‘यहिले मुख्य उद्देश्य भनेको जनजीवन सामान्य हुनु हो । अहिले त्यहि मात्र सोचेका छौं, फुटबल त्यसपछि सोचौंला । हार वा जित मैदानमा खेलेर नै टुंगिनु पर्छ भन्ने हो । क्षेत्रिय फुटबल र तल्लो लिगहरुमा पनि अवस्था त्यहि हो । रेफ्रीहरु पनि छन् । उनीहरु पनि फुटबलकै परिवार हुन् ।’

क्यालेन्डर घटाउने विषयमा उनले भने, ‘हामीले कोपा डेल रेको क्यालेन्डरलाई घटाइसकेका थियौं । युईएफए, फिफा र अन्य महासंघहरुसँग पनि सहकार्य भइरहेको छ ।’

रुबेल्सले फुटबलको सँगै कोरानाका संक्रमितहरुकालागि समेत सन्देश दिएका छन् । ‘यो समय हामी सबैलाई धैर्यताका लागि आग्रह गर्दछौं । म अहिले घरमा एक्लै छु । धेरै काम पनि गरिरहेको छु । धेरै मान्छेहरुसँग बोलिरहेको छुु’ , उनले भने, ‘छोरी र परिवारलाई मिस गरेको छ । तर, यो सबै हामीले गर्नै पर्छ । एकताबद्ध र आइसोलेट हुनुपर्दछ । भाइरसमाथि विजय प्राप्त गर्ने यो एकमात्र विकल्प हो ।’

रुबेल्सले अहिलेको समयमा विश्वमा जुन समस्या देखिएको छ त्यसका अगाडि फुटबल प्राथमिकतामा नपर्ने बताएका छन् । त्यसका वावजुद फुटबलमा काम भने गरि राख्नुपर्ने सुनाए ।
‘संस्थाका लागि हामी सबैले काम गर्ने पर्छ । हामी सहयोगका लागि हर सम्भव कोसिस गर्नेछौं । यो भन्दा बढी गर्न सक्ने हुँदा पनि गर्नेछौं । आवश्यकता अनुसार महासंघको होटल प्रयोग गर्न हामीले सम्बन्धित निकायलाई भनेका छौं ।’

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.