default_image

5 years ago

March 22, 2020

नेपाली खेलाडीका ४ विश्व कीर्तिमान जो तोडिन लगभग असम्भव!

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा कीर्तिमान बन्ने र तोडिने क्रम चलिरहन्छ । केहि कीर्तिमान छिट्टै तोडिन्छन् भने केहि लामो समय लाग्छ । केहि पुन: तोडिन असम्भव देखिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको पुरुष टोलीले दुई र महिला टोलीले प्रतिस्पर्धा गर्न थालेको एक दशक पुग्दा केहि यस्तै कीर्तिमान कायम गरेका छन् । कीर्तिमान बनाउन उत्कृष्ट प्रर्दशन गर्नुपर्छ । जसले समर्थकमाझ खेल र खेलाडीको लोकप्रियता पनि बढ्छ । नेपालका खेलाडीले बनाएका यी ४ कीर्तिमान जो अब तोडिन लगभग असम्भव छ ।

४. दुई बलमा जित

 

सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । ५० ओभरको खेल, ११ रनको लक्ष्य अनि २ बलमै विजयी । सन् २००६ मा म्यानमारविरुद्ध नेपालले यस कीर्तिमान कायम गरेको थियो । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले महबुब आलमले ७ र बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो ।

११ रनको लक्ष्य नेपालले दुई बलमा पुरा गर्दै अकल्पनिय कीर्तिमान रचेको थियो । ५ रन एक्स्ट्रास्वरुप उपहार पाएपछि २ बलमै नेपालको जित सम्भव बनेको थियो । ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले समान १–१ बलमा ३–३ रनमा नटआउट रहेका थिए । आधुनिक क्रिकेटमा विपक्षीलाई १० रनमा अलआउट गर्नै असम्भव छ ।

पछिल्लो एक दशकमा एसोसिएट टोलीले राम्रो विकास गरिरहेका छन् । जसले गर्दा २ बलमै जित निकाल्न कठिन देखिन्छ । क्रिकेटको सुरुवाती अवस्थामा रहेका टर्की, चीनले पनि २०-३० रन बलियो टोली विरुद्ध बनाई रहेका छन् । नेपालको कीर्तिमान तोड्न एक बलमै जित निकाल्नुपर्छ । जुन असम्भव छ ।

३. रुविनाको एकै ओभरमा ५ विकेट

सन् २००९ मा मलेसियामा एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन बनाएको थियो । जवाफी ८० रनको लक्ष्य पछ्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । कप्तान रुविना क्षेत्रीले मलेसियाको पिचमा कमालको प्रदर्शन गरिन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिदै जित दिलाइन्। रुविनाले दोस्रो, तेस्रो, चौथो, पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्ड समेत आफ्नो नाममा लेखाइन् । जुन कीर्तिमान तोड्न ६ बलमा ६ विकेट लिनुपर्छ । जुन असम्भव देखिन्छ ।

२. महबुवको एकै खेलमा १० विकेट

 

सन् २००८ मा जर्सिमा डिभिजन ५ लिगमा मोजाम्बिकविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । २ सय ३९ रनको विजयी लक्ष्य पक्ष्याएको मोजाम्बिक १४.५ ओभरमा अल आउट हुँदै १९ रनमा समेटियो ।

महबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिए । उनले त्यसबेला ५ ब्याटम्यान बोल्ड,४ एलबीडब्लू र १ क्याच आउटको सिकार बनाएका थिए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम लेखाएका थिए । जुन कीर्तिमान अब तोडिन असम्भव छ ।

१. अञ्जलीको ६ विकेट

अञ्जली चन्दले १३ औं दक्षिण एसियाली खेलकुद सागमा पुषमा पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध अविश्वसनिय कीर्तिमान कायम गरिन् । ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गरेकी चन्दले टि ट्वान्टी आईको डेब्यू खेलमै माल्दिभ्सविरुद्ध २ ओभरमा कुनै रन नदिइ ६ विकेट लिएपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो ।

अञ्जलीले ४ ब्याट्सवुमेनलाई क्याच र २ लाई बोल्ड आउट गरिन् । उनले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरेकी थिइन् । जुन प्रर्दशन टि ट्वान्टी आइकै सर्वोत्कृष्ट हो । जुन कीर्तिमान तोडिन कुनै रन नदिइ ७ विकेट लिनुपर्छ । जसले टि२० क्रिकेट जगतमा असम्भव देखिन्छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.