5 years ago
March 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोराना भाइरस (कोभिड १९) को महामारीले अहिले विश्व आक्रान्त भइरहेको छ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ । १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
नेपाललाई पनि संक्रमणको उच्च जोखिममा राखिएको छ । यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अपिल गर्दै सबैलाई आ आफ्नो ठाँउबाट जिम्मेवारी लिन र आग्रह गरेका छन् ।
सामाजिक सञ्चालमा आइतबार भिडियो सन्देशमार्फत पारसले भनेका छन्, ‘अहिले सहज समय होइन । यो परिस्थितिमा व्यक्तिगत र राष्ट्रिय क्रिकेट टोलीकातर्फबाट सबैलाई आग्रह गर्न चाहन्छु । सबै जना घरमा बसेर, अत्यावश्यक बाहेक घर बाहिर नगइकन,सरकार र सम्बन्धित निकायलाई सहयोग गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।’
सबैले आ आफ्नो ठाँउबाट जिम्मेवारी लिने हो भने आगामी दिनमा यो कठिन परिस्थितबाट निस्कन एकदमै सजिलो हुनेछ उल्लेख गर्दै पारसले भनेका छन्, ‘हामी सबै मिलेर यो महामारीका विरुद्ध लडौं ।’ नेपालमा क्रिकेटलगायत सबै खेलकुद गतिविधि ठप्प भएका छन् । चैत १ गतेबाट सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिगसहित नेपाल र नामिबियाबीचको खेल पनि स्थागित भइसकेको छ ।
भिडियो सन्देश :
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]