default_image

9 years ago

July 26, 2016

राष्ट्रपतिद्वारा रियो ओलम्पिक टोलीको बिदाइ

94 views

0 Bookmark

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गर्नुभयो ।

President bids farewell to Olympians
अगष्ट ५ देखि २१ तारिखसम्म हुने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडी सहभागी हुादैछन् । एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १ हजार ५ सय मिटर दौडमा सरस्वती भट्टराई, पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलामा शिरीष गुरुङ र महिला १ सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । गौरिका लन्डनमा रहेकाले उनी त्यत्तैबाट रियो पुग्ने बताइएको छ । त्यस्तै जुडोको महिला ६३ केजीमा फुपुल्हामु खत्री, तेक्वान्दोको महिला ६७ केजीमाथि निशा रावल तथा आर्चरीको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटर दूरीमा जितबहादुर मोक्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकतर्फ पौडीमा ईश्वरकुमार कार्की, जुडोमा देबु थापा, आर्चरीमा दीपकराज गुरुङ, एथलेटिक्समा पुष्पराज ओझा तथा तेक्वान्दोमा संगीना वैद्य रहेका छन् । टोलीको सेभ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट छन् । रियो ओलम्पिक टोलीका अन्य सदस्यमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष ज्योति राणा, महासचिव लामा टेन्डी शेर्पा, कोषाध्यक्ष रतनकुमार तण्डन, सदस्यहरु निलेन्द्रराज श्रेष्ठ, अशोकरत्न वज्राचार्य, रमेशकुमार श्रेष्ठ, समिम मियाा अन्सारी र दीपकहर्ष वज्राचार्य तथा डा. सरोजकृष्ण श्रेष्ठ र एनओसी स्टाफ सुजनलाल श्रेष्ठ र राजन श्रेष्ठ रहेका छन् ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको पहिचान र गौरव अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्ये एक भएको धारणा व्यक्त गर्नुभयो  । एनओसी अध्यक्ष श्रेष्ठले रियो ओलम्पिकमा नेपालको सहभागिता बारे प्रकाश पारेका थिए । पौडी, आर्चरी र जुडो टोली जुलाई ३१ तारिख तथा तेक्वान्दो र एथलेटिक्स टोली अगष्ट ७ तारिखमा रियो प्रस्थान गर्नेछन् । त्यसअघि सेभ दि मिसन सदस्य–सचिव विष्ट र सुजनलाल जुलाई ३० तारिखमा रियो जादैछन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.