5 years ago
March 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लतिलपुरका दिपेश शाक्य र ससिन डंगोल १०औं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
किङकम क्लब बानेश्वरको आयोजनामा सोमबार भएको फाइनलमा योङस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता र उपबिजेता नगद ४० हजार र २५ हजार सहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरे
तेश्रो स्थानमा लतिलपुरका योङस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।
भेटान्स डबल तर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजार सहिति मेडल र प्रमाण पत्र प्राप्त गरे ।
दोश्रो स्थानमा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
बिलेता खेलाडीहरुलाई नेपाली कग्रेंसका नेता, पर्व उप प्रधान मन्त्री एवं संघीय संसदका सभासद् प्रकाश मान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, बागमती प्रदेशका समासद् दिपेन्द्र श्रेष्ठ र राजेन् गुरुङलगायतले पुरस्कृत गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।