5 years ago
March 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले २० हजार तथा एमआरएमले १५ हजार नगद पुरस्कार हात पारे । एमआरएमका उपेन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए । रेडनका आशिष डंगोल उत्कृष्ट गोलरक्षक चुनिए ।
प्रतियोगिताभर १० गोल गरेका जेभियरका रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । विजेतालाई प्रदेश सांसद् बसन्त मानन्धर, अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सन्जिव मिश्र, काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजाल र प्रतियोगिता संयोजक निराजन थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २० टिम सहभागी थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।