default_image

9 years ago

July 24, 2016

भ्याली पब्लिक र डाफोडिलको जित

139 views

0 Bookmark

काठमाडौं, साउन ८ गते ।

भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् ।
भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित गर्‍यो ।

BNA Cup Basketball

विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई २–११ को सााघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् । गल्र्सकै अन्य लिग खेलमा बाबाले बुद्ध एकेडेमीलाई १३–११ तथा निम्सले भ्याली पब्लिक ‘ए’ लाई २६–२२ ले निराश पारे । जितमा बाबाकी डिक्की लामा शेर्पाले ७ तथा निम्सकी मनीषा तामाङले १२ अंक योगदान गरे ।

स्टुडेन्ड काउन्सिल अफ माउन्ट कैलाशद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा निम्स र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले सफलता हात पारे । निम्सले भ्याली पब्लिक विरुद्ध ४०–३० को जित निकाल्यो । निम्सका बुद्ध मगरले ११ स्कोर गरे । एचएचसीएले नेरिक एकेडेमीमाथि ५४–३२ को जित रच्यो । एचएचसीएका विशाल राईले १८ स्कोर गरे ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.