5 years ago
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् ।
बर्लिनमा शुक्रबार राति भएको पुरुष यु–१९ एकलको प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ को सेटमा पराजित भएको हो । सुरुको सेट २१–१८ ले जितेपनि त्यसपछिको दुवै सेट प्रिन्सले १२–२१ र १२–२१ ले गुमाएको टिम म्यानेजर तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए ।
त्यसअघि लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएका थिए । प्रिन्सले राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका थिए ।
प्रिन्सले त्यसअघि अष्ट्रियाका लेनी सुदर्मालाई र घरेलु टोली जर्मनीका बेन्नेट पिटर्सलाई समान २–० को सेटमा पराजित गरेको थियो ।
गत मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका थिए ।
यसअघि प्रिन्सले नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा दुई खेल जित्दै प्रि–क्वाटरफाइनलसम्म स्थान बनाएको थियो । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएका थिए । त्यसपछि उनी जर्मनी प्रस्थान गरेका थिए । १६ वर्षीय प्रिन्स डाँफे इंग्लिस बोर्डिङ स्कुल जावलाखेल ललितपुरमा ९ कक्षामा अध्ययनरत छन् ।
पछिल्ला दुई जुनियर ब्याडमिन्टन सिरिजमा प्रि–क्वाटरफाइनल सम्मको यात्राले पक्कै पनि विश्व ब्याडमिन्टन सिरिजको जुनियर वरीयतामा अझै सुधार आउने तय छ ।
विश्व जुनियर वरीयतामा शीर्ष १० मा पर्न प्रिन्स र उनको परिवारको अथक मिहेनत रहेको छ । उनको यही अथक मिहेनतले उनले नेपाली ब्याडमिन्टनले विश्वमा बलियो उपस्थिति जनाउन सक्ने संकेत दिएको छ ।
तर, त्यसका लागि नेपाल ब्याडमिन्टन संघले उनी जस्ता प्रतिभावान खेलाडीलाई पहिचान गरेर राम्रो एकेडेमीमा राख्न सके अझै सफलता आत पार्न सक्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।