5 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भावना सुनुवार र विपना ब्लोनले पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा शुक्रबार भएको खेलमा भावनाले अस्मिता नगरकोटीलाई सोझो सेटमा तथा विपनाले स्वस्थानी श्रेष्ठमाथि ३–१ को सेटमा जित निकालेको हो ।
एकपक्षीय खेलमा भावनाले अस्मितामाथि ११–२, ११–० र ११–३ को सहज जित निकालेकी हुन् । अर्काे खेलमा विपनाले स्वस्थानीमाथि ८–११, ११–२, ११–६ र ११–३ को जित हात पारेकी हुन् । यस्तै राष्ट्रिय च्याम्पियन कृष्णा थापाले सपना ब्लोनलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेकी छिन् ।
२७ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर ४५ वर्ष तथा सो भन्दा माथि गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि ६० भन्दा बढी खेलाडीको सहभागिता रहने र बेलायतको ब्रिटिस आर्मीका १० जनाको पनि सहभागिता रहने संघले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]