default_image

5 years ago

March 6, 2020

प्रिन्स जर्मन सिरिजको प्रि–क्वाटरफाइनलमा

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुग्न सफल भएका हुन् । 

बर्लिनमा शुक्रबार भएको पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएक हुन् । पहिलो सेट ११–२१ ले गुमाएको थियो ।

त्यसपछि प्रिन्सले सानदार प्रदर्शन गर्दै दोस्रो र तेस्रो सेट २१–१७ र २१–५ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको टिम म्यानेजर तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए ।  प्रिन्सले त्यसअघि अष्ट्रियाका लेनी सुदर्मालाई र घरेलु टोली जर्मनीका बेन्नेट पिटर्सलाई समान २–० को सेटमा पराजित गरेको थियो ।

गत मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका थिए । यसअघि प्रिन्सले नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा दुई खेल जित्दै प्रि–क्वाटरफाइनलसम्म स्थान बनाएको थियो । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएका थिए । त्यसपछि उनी जर्मनी प्रस्थान गरेका थिए ।

१६ वर्षीय प्रिन्स डाँफे इंग्लिस बोर्डिङ स्कुल जावलाखेल ललितपुरमा ९ कक्षामा अध्ययनरत छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.